अनिल खत्री, गुल्मी । दुर्घटनामा गाउँपालिका रहेका धेरैको मृत्यु भएको शोकमा गुल्मीको इस्मा गाउँपालिकाले शोक बिदा दिएको छ । मंगलवार गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा १४ जनाको मृत्यु भएकोमा दुख ब्यक्त गर्दै शोक बिदा दिने निर्णय भएको इस्मा गाउँपालिकाको कार्यालयले जनाएको छ ं।
गाउँपालिका भित्रका सबै सरकारी कार्यालयहरुमा काम कारवाही बन्द गरि शोक बिदा दिएको हो । मंलवार बिहान जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दुर्घटनामा परको थियो ।
जीप दुर्घटनामा १ जना बच्चा सहित १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो । जीपमा दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनामा अधिकांश इस्मा गाउँपालिका मृत्यु भएको छ । जिपमा सवार सबै इस्माबाट कुल पुजाका लागि बाग्लुङको निसीखोला गाउँपालिका हिडेका थिए । दुर्घटनामा इस्मा गाउँपालिका ४ बस्ने धन बहादुर कार्की बेपत्ता भएका छन । इस्मा बाट २४ जना जीपमा सवार रहेको र बिचमा प्रहरीले केहिलाई गाडीबाट झारेर अर्को गाडीमा सवार गरेको बताइएको छ । दुर्घटनामा परेको जीपमा १८ जना सवार रहेको बताइएको छ ।
दुर्घटनाको शोकमा इस्मा गाउँपालिकामा शोक बिदा
दुर्घटनाको शोकमा इस्मा गाउँपालिकामा शोक बिदा

Advertisement
तपाईको प्रतिक्रिया