• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

थोरै लगानीले लाखौ कमाईन्छ भने किन नपाल्ने मौरी ?


  •   बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । घर वरिपरि मौरीका घार । बारीमा पहेँलै तोरी फुलेको छ ।उज्यालो भएदेखि साँझ झमक्क नपर्दासम्म मौरी भुनभुन गरिरहन्छन् । तोरीबारीमा भुन्भुनाइरहेका मौरीका हुल मह जम्मा पार्न एकनाश रस बटुलिरहेका छन् । फूलबारीमा पनि तिनको दलबल रस चुस्दै उडिरहेका छन् । मौरीका घार गइरहेका छन् । फूलका रस चुस्न आइरहेका छन् । तिनीहरूमा बेग्लै उमङ्ग छ, बेग्लै उत्साह र आनन्द छ । प्युठान नगरपालिका ७ टिकुरिका डिमराज पोख्रेल बिहान सबेरैदेखि साँझसम्म माहुरीसँगै खेल्छन् । उनको घर, र बारीभरिका माहुरी घार देख्ने जोकोही छक्क पर्छन् । ‘उनि साँच्चिकै माहुरीजस्तै सक्रिय छ्न। ‘बुढेसकालमा पनि उहाँको जोस युवाको भन्दा कम छैन ।’ फुलेको तारीकोबीचमा अहिले एकसय घार मौरी छन् । उनको दैनिकी त्यही मौरीको रेखदेख र स्याहारसुसारमै बित्छ । उहाँ मौरीलाई चरन क्षेत्र खोज्नेदेखि घारको व्यवस्थापन गर्नेसम्मको काम आफैं गर्छन। गाउँघरमा मास्टरको परिचय छ पोख्रेलको। तर, अहिले उनी अहिले मौरीपालक किसानका रुपमा ज्यादा चिनिन्छन् ।। शिक्षण पेशाबाट अबकास पाएपछी उनले मौरीमा हात हालेका हुन।२०७२ सालमा २० घारबाट मौरी पालन थालेका थिए । मौरिपालन थालेको ५ बर्ष बिते। पोख्रेल अहिले एक सय वटा मौरि घारका मालिक हुन्, । मौरी पालनका लागि उनले २० लाख लगानी गरेका छन्। केही महिना भित्रै २ सय घार मौरी बनाउने योजना रहेको उनले सुनाए।

    Advertisement

    घरमा ल्याएर मौरी पालौं पालौं लाग्थ्यो

    जिल्लामा अहिले पो मौरिपालन गर्ने धेरै भईसके, उ बेला कृषकहरु थोरै थिए । गाउघरमा मुढे घारमा मौरी पालिन्थ्यो । मौरी पालेर आम्दानी गर्न सकिन्छ भन्ने थाहै थिएन। सानो छ्दा घरमा बाबुले परम्परागत तरिकाले मौरी पालन गर्नुहुन्थ्यो ‘ल मौरी काट छोरा भन्नुहुन्थ्यो कयौं पटक मौरी काट्दा मौरीले टोकेको बिगत सुनाउँदै पोख्रेल भन्छन्,कतै मौरी देख्यो कि घरमा ल्याएर पालौं पालौं लाग्थ्यो।’
    उनी उमेरले उनी ५२ वर्ष लागे । र, दुई दशक स्कुल पढाए। आई .ए उत्तीर्ण गरेका छन् । तर, कामलाई सानो ठूलो ठान्दैनन् पोख्रेल। भन्छन,‘मलाई पैसा ठूलो कुरा लाग्दैन खान लगाउन पुगे हुन्छ , मौरी पालनलाई जीवन्त बनाउने उनको सपना छ। एक सय घार मौरीबाट उनले वार्षिक १९ क्विन्टल मह उत्पादन गर्छन्। मौरीको मह, मैन र गोला गरी उनले वार्षिक १० लाखको आर्थिक कारोबार गर्दै आएको उनी बताउँछन्। सबै खर्च कटाएर वर्षिक ५ लाख चोखो बचत गर्ने गरेको उनले सुनाए।प्रतिकिलो ५ सय रुपैयामा मह बिक्री हुने उनले बताए। उनी नेपाल मौरी पालन केन्द्रीय संघ लिमिटेडका संचालक समेत हुन। त्यस्तै,सरुमारानी ४ का टिकाराम पल्ली मगर जिल्लाकै पहिलो ब्याबसायिक मौरीपालक कृषक मध्येका एक हुन। उनले २०५८ साल देखि मौरीपालन सुरु गरेका थिए। सुरुमा ७ घारबाट सुरु गरेका उनले ७० भन्दा बढि मौरीका घार राखेका छन। यस वर्ष मह बिक्रीबाट झन्डै ७ लाख रुपैयाँ आम्दानी भएको उनले बताए ।” यहाँ मेलिफेरा जातको मौरी पालिने गरिएको छ। महको बजार लोभलाग्दो छ।मह किन्नको लागि ग्राहकहरु घरमै आउछन। ‘उत्पादन हुनु पर्यो’उनी भन्छन् -” महले बजार नपाउने कुरै छैन’ धेरै जसो उत्पादित मह नजिकैको संकलन केद्र लैजान्छौ बाकी घरबाट नै बिक्रि हुन्छ। अहिले उनी अन्य युवालाई सहायक पेसाका रूपमा भए पनि मौरी व्यवसाय गर्न सुझाउँछन्।

    बिदेशबाट फर्केर मौरीपालन

    सरुमारानी ३ का काजिमान केसी एकपटक बिदेश गएर आएका हुन। उनले ३ बर्ष अर्काको काम गरेरै मलेसियामा बिताए। त्यसले घर गुजारा बाहेक पैसा थुप्रिएन। बरु मन भाचियो।उनि फेरी खाडि नफर्कने निधो गरे र सुरु गरे घर मै मौरी पालन।गाउँघरमा काठको मुढालाइ मादल जस्तो टोडको बनाएर पालेको उनले देखेकै थिए।तर,व्यबसायिक रुपमा मौरी पाल्न सकिन्छ भन्ने उनले सोचेका समेत थिएन्न।घर बसाइकै बखत कृषिलाइ जीवन नीर्वाहको आधार बनाइरहेका थिए उनि। ५ बर्ष अघि केसीलाइ मौरीपालन तालिम लिने अवसर मिल्यो।मौका त जुर्यो।उनले सो तालिमलाइ त्यती चासो दिएन्न। केसी भन्छन, उपस्थिती जनाउन मात्र लिएको तालिमले मेरो व्यावसायको माध्यम नै बदल्यो। सरुमारानीका दर्जन बढि मौरीपालक ब्यावसायिक रुपमा सक्रिय छन। ती मध्य एक हुन केसी । अहिले उनि मेलिफेरा जातका मौरी र घार लिएर चरनका लागि बिभिन्न ठाउँ डुल्छन। उनिसँग ३० घार मौरीका घार छन। घुम्ती माहुरी चरनबाट केसीले एक सिजनमा ३ लाख बढि कमाउदै आएका छन। सरुमारानी ४ का मौरी कृषक हुम बहादुर थापा पनि मलेसियामा श्रम गरेर फर्किएका हुन। उनि पनि बिगत ५ बर्ष देखि मौरी पालन गर्दै आएका छन। ५० घार मौरी छ उनिसँग।मौरीले घर खर्च सजिलै चलेकोमा उनि खुसी छन।उनले मौरी पालनबाट खाडिमा तीन बर्षमा कमाउने पैसा एक सिजनमै स्वदेशमा कमाउन सकिने बताए। व्याबसायिक रुपमा काम गरे सफल्ता पाउनेमा उनि बिश्वस्त समेत छन।

    मह काढ्न भ्याई नभ्याई

    हिजोआज प्यूठानका मौरीपालक कृषकलाई मह काढ्ने चटारो छ । जिल्लाको बडडाँडा, मोतीपुर, स्वर्गद्वारी, गोठीबाङ, अमलटार, मरन्ठाना, बिजुवार, टिकुरी, बाग्दुला, खानीखोलालगायत क्षेत्रमा मौरीका घार राखेका किसान अहिले मह काढ्न व्यस्त छन् । यहा प्रशस्त फुल फुल्ने बनस्पती चिउरी,तोरी लगायतका बोट भएकाले मह धेरै राम्रो उत्पादन भइरहेको छ ।’हिजोआज मह काढ्न भ्याइनभ्याइ छ ।’ कृषक केसीले भने,’ मह उत्पादन राम्रो भईरहेको छ।’ एउटा गोलाबाट तीन पटक सम्म मह काढ्न सकिन्छ। कात्तिक/मंसिरमा पानी नपर्दा मह उत्पादन राम्रो हुने किसानहरूको अनुभव छ ।हरेक फागुन, चैत, जेठ, असार, असोज र कात्तिकमा मह निकाल्ने सिजन हो । चिउरीको रस पानीले नबगाउँदा मौरीले मह राम्रो उत्पादन गर्ने किसानहरू बताउँछन् ।माहुरी चरनका लागि चिउरी र अन्य बोटविरुवा तथा फुलहरु प्रशसस्त पाइने भएकाले यहाँ प्रशस्त मह उत्पादन हुन्छ । नेपाल मौरीपालन महासंघ जिल्ला शाखा प्युठानले जिल्लामा ५० भन्दा बढी कृषकले व्यवसायिकरुपमा मौरी पालन गरिरहेका छन । जिल्लामा मौरीपालनको लागि चरण क्षेत्र राम्रो मानिएकाले व्यवसाय फष्टाएको संघका अध्यक्ष बिष्णु सारुले बताए। जिल्लाका ग्रामीण क्षेत्रमा परम्परागत रुपमा मुडे तथा आधुनिक घारमा मौरी पालन गरिदै आइएको छ । एक तथ्याकँ अनुसार जिल्लामा मुदेघार सहित १ हजार ५ सय मौरी घार छन।यहांबाट बार्षिक उत्पादित ३५ मेटिकटन मह बिक्री हुदै आएको छ।यहाँ उत्पादित मह धेरैजसो दाङ, बुटवल, काठमाण्डौ लगायतका शहरमा पठाइने गरेको भएता पनि कतिपय ग्राहकहरुले भने यही आएर खरिद गर्ने गरेका छन् ।

    बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...