• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

तिलोत्तमाका गर्भवती महिलालाई निःशुल्क क्यालसियम


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • भैरहवा । गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उनिहरुलाई क्यालसियम निःशुल्क उपलब्ध गराउने भएको छ ।नगर कार्यपालिकाको ७४ औं बैठकले गर्भवती महिलालाई स्वास्थ्य संस्थामार्फत् क्यालसियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । आमाको गर्भबाटै बच्चाले आवश्यक पोषकतत्वहरु पाउन सकुन् भन्ने उद्देश्यले गर्भवती महिलालाई क्यालसियम चक्की निःशुल्क प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

    Advertisement

    “कार्यपालिकाबाट नीतिगत निर्णय गरेका छौं, आवश्यक प्रक्रियापछि सबै गर्भवती महिलाले नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत् निःशुल्क क्यालसियम पाउनुहुनेछ’ नगर प्रमुख घिमिरेले भने । सम्भवत तिलोत्तमाले यस क्षेत्रमैं पहिलो पटक क्यालसियम निःशुल्क वितरण गर्ने निर्णय गरेको हो ।गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्यालसियम खानुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवती महिलालाई क्यालसियम नियमित खान सिफारिस गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ । नगरपालिकाको यो निर्णयसँगै अब तिलोत्तमाका सबै गर्भवती महिलाले आइरन चक्कीसँगै क्यालसियम पनि निःशुल्क प्राप्त गर्नेछन् । शिशुको हड्डी तथा मानसिक विकासको लागि क्यालसियम आवश्यक पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

    तिलोत्तमा नगरपालिकाका दशवटा सरकारी स्वास्थ्य संस्थामार्फत् वार्षिक तीन हजार बढी महिलाहरुले सुरक्षित मातृत्व सेवा लिने गरेका छन् । नगर उपप्रमुख जागेश्वरी चौधरीले आमाको गर्भमा रहेका कुनै पनि शिशु पोषकतत्वको अभावबाट प्रभावित हुन नपरोस् भनेर क्यालसियम प्रदान गर्ने कार्यक्रम अघि बढाइएको बताइन् ।भौतिक पूर्वाधार निर्माणलाई मात्र विकास ठान्न नहुने भन्दै उनले बच्चाको स्वास्थ्य राम्रो हुनु ठूलो विकास हुने बताइन् । क्रिमसन अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रुक्सना हकले क्यालसियमले गर्भवती महिलामा ढाड दुख्ने, हड्डी खिइने जस्ता समस्यालाई पनि कम गर्ने बताइन् ।“हाम्रो जस्तो मुलुकमा पोषणमा सुधार ल्याउन गर्भवती महिलाका लागि क्यालसियम अनिवार्य छ । हामीले सबै महिलालाई क्यालसियम खान प्रेसकिप्ट गर्छौं, यसले आमा र बच्चा दुवैलाई राम्रो गराउँछ ।’ उनले भनिन् ।

    तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको आमा सुरक्षा कार्यक्रममा पाइने सेवा–सुविधाको अतिरिक्त बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई पाँच सय रुपैंयाँ प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताए । तिलोत्तमामा सेमरा बजार र आनन्दवन स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छन् । सबै वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने योजना अनुरुप चालु आर्थिक वर्षमा तिलोत्तमामा थप ५ वडामा शहरी स्वास्थ्य केन्द्र निर्माण हुँदैछन् ।

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation