• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, कार्तिक ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

तिलोत्तमाका गर्भवती महिलालाई निःशुल्क क्यालसियम


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • भैरहवा । गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उनिहरुलाई क्यालसियम निःशुल्क उपलब्ध गराउने भएको छ ।नगर कार्यपालिकाको ७४ औं बैठकले गर्भवती महिलालाई स्वास्थ्य संस्थामार्फत् क्यालसियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । आमाको गर्भबाटै बच्चाले आवश्यक पोषकतत्वहरु पाउन सकुन् भन्ने उद्देश्यले गर्भवती महिलालाई क्यालसियम चक्की निःशुल्क प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

    Advertisement

    “कार्यपालिकाबाट नीतिगत निर्णय गरेका छौं, आवश्यक प्रक्रियापछि सबै गर्भवती महिलाले नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत् निःशुल्क क्यालसियम पाउनुहुनेछ’ नगर प्रमुख घिमिरेले भने । सम्भवत तिलोत्तमाले यस क्षेत्रमैं पहिलो पटक क्यालसियम निःशुल्क वितरण गर्ने निर्णय गरेको हो ।गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्यालसियम खानुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवती महिलालाई क्यालसियम नियमित खान सिफारिस गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ । नगरपालिकाको यो निर्णयसँगै अब तिलोत्तमाका सबै गर्भवती महिलाले आइरन चक्कीसँगै क्यालसियम पनि निःशुल्क प्राप्त गर्नेछन् । शिशुको हड्डी तथा मानसिक विकासको लागि क्यालसियम आवश्यक पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

    तिलोत्तमा नगरपालिकाका दशवटा सरकारी स्वास्थ्य संस्थामार्फत् वार्षिक तीन हजार बढी महिलाहरुले सुरक्षित मातृत्व सेवा लिने गरेका छन् । नगर उपप्रमुख जागेश्वरी चौधरीले आमाको गर्भमा रहेका कुनै पनि शिशु पोषकतत्वको अभावबाट प्रभावित हुन नपरोस् भनेर क्यालसियम प्रदान गर्ने कार्यक्रम अघि बढाइएको बताइन् ।भौतिक पूर्वाधार निर्माणलाई मात्र विकास ठान्न नहुने भन्दै उनले बच्चाको स्वास्थ्य राम्रो हुनु ठूलो विकास हुने बताइन् । क्रिमसन अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रुक्सना हकले क्यालसियमले गर्भवती महिलामा ढाड दुख्ने, हड्डी खिइने जस्ता समस्यालाई पनि कम गर्ने बताइन् ।“हाम्रो जस्तो मुलुकमा पोषणमा सुधार ल्याउन गर्भवती महिलाका लागि क्यालसियम अनिवार्य छ । हामीले सबै महिलालाई क्यालसियम खान प्रेसकिप्ट गर्छौं, यसले आमा र बच्चा दुवैलाई राम्रो गराउँछ ।’ उनले भनिन् ।

    तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको आमा सुरक्षा कार्यक्रममा पाइने सेवा–सुविधाको अतिरिक्त बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई पाँच सय रुपैंयाँ प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताए । तिलोत्तमामा सेमरा बजार र आनन्दवन स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छन् । सबै वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने योजना अनुरुप चालु आर्थिक वर्षमा तिलोत्तमामा थप ५ वडामा शहरी स्वास्थ्य केन्द्र निर्माण हुँदैछन् ।

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation