• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, चैत २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

यो बुढो रुख त्यो बुढो रुख

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

लोकप्रिय समाचार

  • १. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • २. गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

  • ३. मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

  • ४. प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

  • ५. यो बुढो रुख त्यो बुढो रुख

  • ६. नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

  • ७. सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

गाईलाई खाद्यान्न बोकेर स्वर्गद्वारि पुगे ब्यबसायी


  •   आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ। राप्तीको एकमात्र प्रमुख पर्यटकिय तथा धार्मिक स्थल प्युठानको स्वर्गद्वारी । जहाँ दैनिक भक्तजन हरुको घुँईचो लाग्ने गर्छ । त्यहाँ हरेक बर्ष महायज्ञ सञ्चालन पनि हुने गर्छ । यज्ञको लागि गाई अति अाबश्यक रहने स्वर्गद्वारी अाश्रमका कोठारी तामु प्रसाद न्यौपाने (देउता गुरु) बताउँछन् । किनकि, यज्ञ सञ्चालनका लागि दूध, घ्यु पनि उत्तिकै अाबश्यक छ । जसका लागि स्वर्गद्वारी सञ्चालक समितीले गौशालाको निर्माण गरि गाईहरुको सँरक्षण गरेको छ । अहिले स्वर्गद्वारी अाश्रममा साना ठुला गरि करिब ४ सय ५० वटा गाईहरुको सँरक्षण गरिएको छ । तर, अाश्रमले गाई हरुको लालन पालन अान्तरिक श्रोत बाटै गरि रहेको जनाएको छ । अाश्रमको नाममा रोल्पा, प्युठान र दाङ्गमा हजारौँ बिघा जग्गा भएपनि त्यसको अायस्ता बाफत अनाज र पराल उपलब्ध हुँदैन ।
    प्युठानको स्वर्गद्वारी आश्रम, दाङ्गको वनगाउँ र झिगौरामा गरी करिब ७ सय गाई छन् । स्वर्गद्वारीमा मात्र साना ठुला गरि ४ सय ५० गाई छन् । यी गाईलाई पराल, दाना दैनिकी दिनुपर्छ । तर, गाईलाई खुवाउने परालसम्म अरुसँग मागेर काम चलाउनुपर्ने बाध्यता छ । नियमित खर्च धान्न नै आश्रमलाई हम्य हम्य परिरहेको छ । रोल्पाको रुम्टीगढीबाट आएका बाल तपस्वी नारायण गौतमले विसं १९५२ बैशाख पूर्णिमाको दिन स्वर्गद्वारीमा महायज्ञ लगाए । यज्ञलाई अखण्ड राख्न आश्रम खडा गरियो । दर्शन गर्न आउने भक्तजनबाट संकलित भेटीले प्युठान र दाङमा जग्गा थपिँदै गयो । स्वर्गद्वारीमा घुइँचो लाग्न थालेपछि यज्ञका लागि चाहिने दूध, दही र घ्युका लागि गाई पाल्न थालियो । तपस्वी गौतमको निधन हुनुअघि विसं १९९७ मा स्वर्गद्वारीमा एक हजार गाई थिए । प्युठान र दाङका जग्गाबाट अनाज सँगै गाईका लागी पराल, दानाहरु आउँथ्यो । तर, अाश्रमले अहिले ती जग्गाबाट कुनै अायस्ता पाउँदैन । यज्ञलाई अखण्ड राख्नपनि गाई पाल्नुपर्ने बध्यता छ, गाई नभए स्वर्गद्वारीको अस्तित्व पनि छैन कोठारी न्यौपानेले भने । उनका अनुसार प्रत्यक पौषको ५ गते घुर्रो दिवसको दिन स्थानिय हरुबाट एक/एक भारी घुर्रो दिने चलन छ । त्यही घुर्रोले केही महिना त धकेलिन्छ तर अन्य दिनहरुमा मागेर वा किनेरै भएपनि चलाउनु पर्ने बाध्यता छ । दाङ्गबाट एक भारी पराल खरिद गरेर अाश्रम सम्म पुय्राउँदा एकहजार रुपैया खर्च हुने कोठारी न्यौपानेले दुखेसो पोखे ।गाईको पालनको लागि उचित पुर्बाधार नभएको र भएका पुर्बाधार पनि जिर्ण अबस्थामा रहेकाले गाईको सँख्या दिनप्रतिदिन घट्दो छ । “प्रसस्त खान पिन र अावासको उचित ब्यबस्था भए गाईको सँख्या बढ्छ, कोठारी न्यौपानेले भने-गाई सँरक्षणका लागि स्थानिय देखि सँघिय कुनै सरकारले चासो दिएन ।” भौतिक पुर्बाधारमा ब्यक्तिगत तथा सरकारी निकाय बाट केही सहयोग हुने गरेपनि गौशाला तथा गाई सँरक्षणमा कसैको ध्यान नपुगेको त्यहाँका जिम्बेवार ब्यक्ती बताउँछन् । गाई चरणका लागि स्वर्गद्वारी अासपासमा अाश्रमको करिब २६ हजार रोपनी बनजँगल त छ । तर, त्यही बनजँगलमा त्यहाँका स्थानिय अास्रित छन् । प्युठान स्थित स्वर्गद्वारी नगरपालिका १,२ र ३ नम्बर वडाका स्थानिय सोही जँगलमा अास्रित रहेको कोठारी न्यौपानेको भनाई छ ।
    गाईका खाद्यान्न बोकेर स्वर्गद्वारि पुगे लमहीका ब्यबसायी ।
    स्वर्गद्वारी अाश्रममा सँरक्षण गरिएका गाईहरुको लालन पालनमा चरम समस्या रहेको भन्दै दाङ्ग देउखुरीका युवा ब्यबसायीहरु गाईको खाद्यान्न बोकेर स्वर्गद्वारी गएका हुन् । २ लाख १५ हजार रुपैया बराबरको ७ ट्रेक्टर पराल, दाना, नुन लगायतका खाद्यान्न बोकेर युवा ब्यबसायी सहित जनप्रतिनिधिको टोली स्वर्गद्वारी पुगेको हो । देउखुरी उद्योग बाणिज्य सँघका महासचिब तथा युवा ब्यबसायी कमल जँग सिँह ठकुरी र लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरीको अध्यक्षतामा १४ जनाको टोली पराल, दाना, नुन बोकेर स्वर्गद्वारी पुगेको थियो । सहयोग गर्नेमा युवा ब्यबसायी हरु देउखुरी उद्योग बाणिज्य सँघका महासचिब कमल जँग सिँह ठकुरी, लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरी, सन्दिप पौडेल, प्रदिप राना, केशबराज पन्त, भरत सुनार, पिन्टु कुमार गुप्ता, सुशील कुमार कौशल, बामदेब डाँगी, प्रमोद बस्नेत र सन्दिप चौधरी रहेका छन् । ठुलो लगानीमा युवाहरुको टोलीले सहयोग गरेको यो पहिलो भएको स्वर्गद्वारी अाश्रमका कोठारी तामु प्रसाद न्यौपानेले बताए । अागामी दिनमा पनि सहयोगको अपेक्षा सहित धन्यबाद दिँदै सहयोगी दाता हरुलाई दोसल्ला अोढाएर सम्मान गरिएको थियो ।गाई पालन तर्फ रुचि घट्दै गएको र धार्मिक तथा ऐतिहासिक अास्था माथी अप्रत्यक्ष रुपले प्रहार हुँदै गईरहेको परिबेसमा गौशालामा टेवा पुय्राउने उद्देश्यले सहयोग गरिएको युवा ब्यबसायी कमल जँग सिँह ठकुरीले बताए । महायज्ञ सञ्चालन सँगै दूध, घ्यु, उत्पादित हुने तरकारी तथा खाद्यान्न को लागि गाई अति अाबश्यक भएकोले गाईको सँरक्षण गर्न अाबश्यक रहेको लमही ७ का वडाध्यक्ष मोहन गिरीले बताए । स्थानिय भेषराज सिँह र उपेन्द्र सिँहले सहयोगी दाता हरुलाई धन्यबाद ज्ञापन गरेका थिए । अखण्ड यज्ञ सञ्चालनको लागि सहभागी सम्पुर्ण युवा ब्यबसायी हरुले नगद समेत सहयोग गरेका थिए ।
    अाश्रमको जग्गामा ब्यक्तीको अाँखा 
    स्वर्गद्वारी आश्रमको रेकर्डमा आश्रमका नाममा २६ हजार रोपनी पाखो जग्गा र कोचिबाङमा १ सय ४० रोपनी खेत छ । रोल्पाको रुन्टीमा १३ रोपनी छ। त्यस्तै, दाङमा १ हजार १२ बिघा जग्गा छ । तिनी जग्गामा किसानहरुले अन्नहरु उब्जाउँछन् तर, अाश्रमलाई अायस्ता प्राप्त हुँदैन ।
    वार्षिक २ देखि ५ क्विन्टलसम्म अन्न दिने सम्झौता भएपनि किसानहरुले अायस्ता दिएका छैनन् । धेरैजसो जग्गा लमही, घोराही, रामपुर र टरिगाउँमा छन्। ती जग्गाको बजार मूल्य कम्तीमा पनि ८ खर्बभन्दा बढी रहेको बताइन्छ । त्यसबाहेक, नेपाल बैंक लिमिटेडमा रहेको खातामा ३ करोड रुपैयाँ अक्षय कोष जम्मा छ। यो कोष चलाउन मिल्दैन । २०२८ सालमा मोहीलाई केही जग्गा नामसारी गरिए बाहेक कागजमा स्वर्गद्वारीको जग्गा जत्तिको त्यत्ति छ। तर, व्यवहारमा भने जग्गा पूरै कब्जामा परेको छ।
    ‘आश्रमको नाममा रहेको जग्गाको मालपोत कर बर्सेनि सरकारलाई बुझाउँदै आएका छौं। तर आश्रमले आफ्नो जग्गाको आयस्ता समेत पाउँदैन,’ स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले भने, ‘मोही किसानहरुले बर्सेनि बुझाउनुपर्ने कुतसमेत नबुझाउँदा आश्रम संकटमा पर्न थालेको छ।’ स्वर्गद्वारी आश्रमको नाममा दाङमा एक हजार ५० बिघा जग्गा छ । अरु जग्गा सडकमा परेपछि अब ९ सय ९८ बिघा बाँकी छ। जसमध्य खेत ६ सय ३१ बिघा १ कट्ठा र बारी ३ सय ६७ बिघा ७ कट्ठा छ। ७ सय ७६ बिघा ७ कट्ठामा मोही लागेको छ। आश्रमको शुद्ध घर खेती (मोही नलागेको अर्थात् कसैले प्रयोग नगरेको) २ सय २१ बिघा १७ कट्ठा ७ धुर छ। आश्रमको नाममा रहेको १ हजार ५० बिघा जग्गामा ३६ सय ११ कित्ता छ। पुरानो मोही संख्या २ सय ७९ छ । तर, जग्गा जोतभोग गर्नेको सँख्या ८ सयभन्दा बढी छन् । अहिले पनि उल्लिखित जग्गाका कागजात र लालपूर्जा आश्रमसितै छन् । जग्गा भने अरुले नै भोगचलन गरिरहेका छन् ।आश्रमका प्रमुख प्रशासकीय अधृत अधिकारी भन्छन्, आश्रमको जग्गामा अहिले ठूल्ठुला घर ठडिएका छन् । आन्तरिक रुपमा लाखौं मूल्यमा यहाँ किनबेच चल्छ । पुर्जा आश्रमको नाममा छ तर, लाखौं मूल्यमा जग्गा बिक्री गरेका छन् । किसानहरुले जोतेको जग्गामा त्यस्रो व्यक्तिको हालिमुहाली छ । आश्रमसँग सम्झौता गरेका किसान त्यहाँ छैनन् । अरु व्यक्तिहरुले नै जग्गा चर्चिएका छन्। प्रशासकीय अधिकृत अधिकारीका अनुसार ती आधिकारिक मोही होइनन्।’अदालतमा मुद्दा पर्छ । प्रहरी र अदालतका कर्मचारी घर भत्काउन पुग्छन्। तर, राजनीतिक आडमा तेस्रो पक्षको हालीमुहाली मौलाएको छ,’ उनले भने,  न ऊ आधिकारीक मोही हो न साँच्चिकै गरिब किसान ।’

    Advertisement

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    यो बुढो रुख त्यो बुढो रुख
    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्
    बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    लोकप्रिय

    • १.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • २.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन

    • ३.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा

    • ४.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित,

    • ५.
      यो बुढो रुख त्यो बुढो रुख

    • ६.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    भर्खरै

    • १.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • २.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ३.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    • ४.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

    • ५.
      यो बुढो रुख त्यो बुढो रुख

    • ६.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

    • ७.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • ८.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...