• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

झुपडी भित्र लुगलुग काँम्दै भुमिहिन


  •   सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्यूठान। सानो झुपडी , टिनको छानो, बाँसका खाँबामा वरिपरि प्लास्टिकले बेरिएको छ । फाँटेका कपडा छन । न गुन्द्री छ नत चकटी । लाग्छ त्यहाँ पनि मान्छे बस्छन र ? तर, बर्षौंदेखि त्यही छाप्रोमा पीडाका साथ रात दिन काटिरहेको छ ५० वर्षिय रविन्द्र राउतको परिवार ।झुपडी भन्दा केहि तल झिमरुकमा पानी बगिरहेकै छ,राउत परिवारका आँखामा आँसु। छाप्रोमै बिते उनिहरुका धेरै हिउँद र बर्खाहरु । राउतको ६ जनाको परिवार यही झुपडीमा ओत लागिरहेका छन । श्रीमान, श्रीमती, दुइ छोरा र एक छोरी सहित यहि छाप्रो मुनि बस्छन।सोमबार बिहान यो झुपडिमा पुग्दा सानो टहरो टाढैबाट देखियो । टिनको छानाभित्र भाडांकुडा असरल्ल थिए ।अन्नका नाममा ४ माना चामल , झुत्रे कपडा बाहेक अरु केही थिएन । पाहुना लाग्न आएकि राउतकि सासू आमा मलिन अनुहार लगाएर बसिरहेकि थिइन । साना ती कलिला बालबालिकाहरु पनि साथमा थिए। अगेनामा बेलुकाको बासी काठेको साग , खोले र भात थियो,बाबा भोक लाग्यो भन्दै छोराहरु कसौंडीको बासी भात खाँदै थिए । बिहानको झिमरुकको सिरेटोले हानेर होला उनिहरु लगलगी कापिरहेका देखिन्थे। मुटु छुने जाडो छ । ओढ्ने–ओछ्याउने छैन । ‘भुइँ पनि चिसै छ, छानोबाट पनि शीत खस्छ, भित्ताबाट पनि सिरेटो छिर्छ। बडो बिजोग छ यो परिवारलाई।राउतको मुहारमा पीडा नै पीडा झल्कन्थ्यो, त्यो झुपडिमा चरम गरिबी ।

    Advertisement

    मजदुरी नगरे बल्दैन चुल्हो
    बिडम्बना , के गरुन रबिन्द्र राउत – न उनको कहिं जग्गा जमिन छ , न त परिवारको सदस्यहरूको मजदुरी गर्नु बाहेक अन्य कुनै विकल्प । बसिरहेको जमिन पनि आफ्नो होईन।राउत परिवार हाल झिमरुक खोलाको खेल मैदान छेउँको सार्वजनिक जग्गामामा छाप्रो बनाएर बसेका छन् । ७ वर्षकी छोरी, ११ र ६ वर्षका दुइ छोरा छन् । साँघुरो छ झुपडी,जहाँ उनिहरु अटि नअटी बस्छन् । रबिन्द्रकी श्रीमती तिला राउत विहानको झुल्के घामसंगै अर्काको काम गर्न जान्छिन।झमक्क परेपछी बल्ल छाप्रोमा पाईला टेक्छिन।गाउँमा जे काम भेटिन्छ त्यही काम गर्छिन। साँझ फर्केपछी बल्ल झुपडिको चुल्हो बल्छ,भाडाँमा केही खानेकुरा पाक्छ। तिलाले मजदुरी नगरे मुखमा माड लाग्दैन, यिनैको भरमा ६ जनाको जहान धानिएको छ। रबिन्द्र बिरामी छन, काम गर्न सक्दैन्न,दिनभर छोराछोरी आँगनमा खेल्छन,छोराछोरीको कुरुवा बस्छन उनै रबिन्द्र। शरीर ठिहिराउने चिसो छ,गतिलो कपडा छैन।’दिन जसोतसो बितेपनि रात काट्नै मुस्किल छ’ तिला भन्छिन,’ चिसोले रातभर केटाकेटी रुन्छन,मन धर्किन्छ,अरु केही उपाए छैन’ ’न्यानो एकसरो कपडा पनि छैन तिला भन्छिन,चारैतिर उदाङ्गो छाप्रोभित्र छिरेको हावा र छानाबाट झरेको शीतले निद्रासमेत बिथोल्ने उनी बताउँछिन् । चिसो छल्ने खालको टहरा छैन।’दिन हुदा रात नपरे हुन्थ्यो,रात पर्दा बिहान कति बेला हुन्छ भन्ने लाग्छ’स्थानिय सरकारले पनि नहेरेको उनिहरु गुनासो पोख्छन।

    साहुको ऋण तिर्न नसक्दा सुकुम्बासी
    जिल्लाको ऐरावती गाउँपालिका २ बरौला हरियाटारीमा बस्थ्यो राउत परिवार । खुम बहादुर भनेर चिनिन्छन रबिन्द्र, उनी सानै छंदा हजुरबुबाले साहुसंग ऋृण लिए। त्यो ऋृण तिर्न रबिन्द्रले सकेन्न। अनि त्यही ऋण तिर्न नसक्दा सबै जग्गा छिमेकी साहुले हडप्यो। सम्पति विहिन बन्यो राउत परिवार। ‘हजुरबुवाले ऋण तिर्न नसक्दा हामी सुकुम्वासी भयौँ’,५० बर्षिया राउतले भने,‘ जीवनभर सडकमै बास हुनेभयो ।’ जति काम गरेपनि गाँस जुटाउनै धौधौ हुने गरेको उनको दुःखेसो छ । ’सम्पत्ति जोर्ने कुरा त धेरै टाढाको कुरा’ । राउतले आमा बुवासँगै गाउँ छाडेको वर्षौ वितिसक्यो। राउतका सातवर्ष अघि बुवा आमाको निधन भयो । उनीहरुको घरबार जे भनेपनि सडककै बास हो । ’हामी त सुकुम्बासी भयौ’ राउतले भने,’न टेक्ने जमिन छ, न ओत्ने बाँस,’ ’साहुले उठिबास लगायो’ राउत भन्छन।३ दशक देखि उनिहरु भुमिहिन भएर बाचेका छन।’ छाप्रोमा बस्दै आएका छौं, ’जग्गा जमिन केछैन,’ राउतले सुनाए।

    सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...