मेगमन बुढा,राजपुर। दाङको राजपुर गाउँपालिका वडा नम्बर ५ को आयोजना र राप्ती डेन्टल केयर प्राली लमहीको सहयोगमा एक दिने निशुल्क दन्त शिविर शनिबार राजपुरको जंग्रहवामा सम्पन्न भएको छ । आर्थिक अबस्था कम्जोर भएका बिपन्नहरुको सुबिधाका लागि उक्त दन्त शिबिर आयोजना गरिएको हो। शिबिरबाट २३५ जनाले सेवालिएको राजपुर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारीले बताए। शनिबार विहान देखि संचालन भएको शिविरमा ६५ जनाले दाँत निकालेका थिए भने १७० जनालाई चेक,जाँच र प्ररामर्सका साथै औषधि दिइएको थियो। त्यस्तै शिविरमा सहभागी सबैजनालाई टुष,पेष्ट,ब्रस वितरण गरिएको थियो ।सो शिविरमा सिनियर दन्त रोग विशेषज्ञ डाक्टर द्धय निरोज खनाल,डाक्टर रोजिना अधिकारी,असिस्टेन्ट लक्ष्मी वलि लगायतको विशेष उपस्थितमा शिविर संचालन भएको हो ।
Advertisement