• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

अपाङ्ग भएर के भो ! आत्मविश्वासले बनायो सपनालाई सफल


  •   बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । काम गर्न अपाङ्गताले छेक्दैन भन्ने उदाहरण बनेकि छिन मल्लरानी गाउँपालिका ४ खलंगा कि ३९ बर्षिय सपना पोख्रेल। जन्मजात अपाङ्ग भएर जन्मीएकी उनको दुबै हात र दुबै खुट्टाका सबै औंला छैनन। तर,उनलाई अरु कसैको मुख ताक्नु परेको छैन। च्याउ खेती थालेपछी उनी स्वरजगार बनेकी छिन।अहिले आफ्नै पाखुरीमा रमाईरहेकी छ्न।सानै छदा बाबु आमा बिते, उनी एक्लिन पर्यो। छिमेकी धर्म बुबाआमाले सपनाको रेखदेख गर्न थाले। धर्म आमाबुबाकै आडले एसएलसी सम्मको पढाइ सकिन सपनाले।यद्धपी उनले समाजमा अनेकौ उतारचढाब ब्यहोर्नुपर्यो। अपाङ्ग भएकै कारण घरपरिवार र समाजबाटै हेलिएर बाच्नुपर्यो। अपमानका कैयों तीतो अनुभव भोगेकि छिन् सपनाले। यही भोगाइको बीच, उनले अर्काको पीडासँग सहयात्री बन्न १५ वर्ष अगाडि विवाह गरि शुरु भयो सङ्घर्षपूर्ण दैनिकी। उनको २०६१ सालमा पहिलो बिबाह भयो। बिबाह भएको छोटो समयमै श्रीमानले हेला गर्न थाले।उनको बैबाहिक जीवन त्यति सुखद हुन सकेन। अन्तत:त्यो सव साइनो टुट्यो। २०६६ सालमा उनले फेरि दोस्रो बिबाह गरिन। श्रीमान नोकरीका लागि प्रदेश हानिए। त्यसपछी आफुले पनि केही गर्नुपर्छ भन्ने सपनालाई लाग्यो। त्यतिकैमा अपांग सेवा सघले च्याउ उत्पादन तालीम दिन सुरु गर्यो। उनी तालिममा सहभागी भईन। त्यो तालिम उनका लागी बरदान सावीत भयो। विगत ८ वर्ष देखि सपना च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन। खलंगा बजारमा च्याउ खेति गर्दै आएकी पोख्रेललाई दैनिकी चलाउन कुनै मुस्किल छैन। ‘३ जनाको परिवारलाई खानलाउन पुगेको छ’ सपनाले कामना डेलीसंग भनिन, ‘खासै सम्पत्ति जोड्न त सकेकी छैन, अहिलेसम्म ५ लाख जति बैंक जम्मा गरेको छु ,’ जेठो छोरा १० पढ्दापढ्दै छाड्यो कान्छो छोराले कक्षा ८ मा पढ्छ ।” सपनाले भनिन। च्याउ खेतीले सन्तुष्ट्री दिएको छ,त्यो भन्दा धेरै उनको आत्मबल समेत बढाएको छ।
    ‘जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ, च्याउ खेती राम्रो भएपछि ममा आत्मबल थपिएको छ” उनले भनिन। एक पटक खेती गर्दा तीन महिनासम्म फल लाग्ने सपनाले सुनाईन । “च्याउ खेती गर्दा एकमहिनादेखि फल्न सुरु हुन्छ र तीन महिनासम्म फल लिन सकिन्छ” – उनले थपिन् ।च्याउ खेतीमा सुरुमा एकपटक राम्रोसँग ध्यान दिएमा तीनमहिनासम्म उत्पादन लिन सकिन्छ । फल्न सुरु भएपछि प्रतिकूल हावापानी र रोग लाग्नबाट बचाउनुपर्छ । मुहारमा सन्तोषको भाव देखिएकी सपनाले थपिन् –“च्याउ खेतीबाट राम्रो आम्दानी भएकोमा धेरै खुसी छु । पैसा हातमा भएपछि हरेक काम गर्न आत्मबल बढदो रैछ । अरु महिलालाई पनि म केही गर्न प्रेरणा दिइरहेका छु ।” नेपालमा रोजगारी छैन, काम छैन भन्नेहरुको लागि सपना उदाहरणिय पात्र बनेकि छिन् । काम गर्ने सोच र इच्छाशक्ति भए नेपालमा सबै कुरा गर्न सकिन्छ भन्ने उनको बुझाई छ। प्राय अपाङ्गता भएका व्यक्तिहरु अरुकै सहरामा बाँच्ने र आफूमाथि हुने अमानवीय व्यवहार सहन नसकी निरस जीवन जिउन बाध्य भएका हुन्छ्न तर उनले कर्मलाई जीवनको आधार मान्दै आफूले सक्ने कर्म दैनिक रूपमा आफ्नै करेसाबारिमै गर्दै आएकि छिन् । त्यसैले त उनलाई न कसैको अगाडि हात फैलाउनु परेको छ न त पछाडी फर्कन नै । उनी सधै बिहान उठेदेखि साँझ अबेरसम्म करेसाबारिमै भेटिन्छिन। काम गर्दै दिन बित्छ । दुई छोराका आमा समेत बनिसकेकि उनले आफ्ना सन्तानको पालनपोषण, शिक्षालयायत जिम्मेवारीले पनि अपाङ्गताको बाबजुद काममा व्यस्त हुन्छिन।
    स्थानीय तथा वरिष्ठ उद्यम बिकास सहजकर्ता राममणी थापा भन्छन्, “सपना एक सफल उद्यमिको उदाहरण हुन् । अपाङ्गता भएर पनि आफूले गर्न सक्ने काम गरी आत्मनिर्भर बनेकि छिन् ।”
    जिल्लामा दर्जनौं बढी सरकारी र गैरसरकारी कार्यालयहरु सञ्चालनमा रहेपनि आफुलाई कुनैपनि निकायले सहयोग नगरेकोमा उनले दुःख व्यक्त गरिन । ‘सरकारले समेत हामीलाई हेरेन,’ उनले भनिन–अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जन एवं सीपमूलक तालिममार्फत सरकारले सहयोग गरोस्।’

    Advertisement

    बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • २.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ३.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ५.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ६.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ७.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ८.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...