कामना डेली, काठमाडौ।म सुकुटे बीच रिसोर्टमै वसिरहेको थिएँ। खोला तिरै हेरेर टहलिँदै थिए। सडकबाट गाडी झ्याम्मै खोलामा खस्यो। ठूलो आवाज आयो। होटलबाट दुर्घटनास्थल २० मिटरको दुरीमा पर्छ। बस दुर्घटना भएको कन्फर्म हुन केही समयनै लागेन।तुरुन्त र्याफ्टिङ बोट निकालेर म सहित ४ जना उद्दारको लागि खटियौं। घटनाको दुई मिनेट नपुग्दै घटनास्थल पुग्यौं। त्यहाँको दृष्य विभत्स थियो। सुनकोशी रातै भएको थियो। गाडी माथी फर्केर पल्टिएको थियो।१० जना जति उत्तानो परेको बसमाथी बसेर विलौना गरिरहेका थिए। नदीमा यात्रु बगिरहेका थिए। पहिले गाडीको छतमा रहेकाहरुलाई उद्दार गर्यौं। कतिपयले गाडी भित्र आफन्त रहेको भन्दै बसबाट बाहिर आउन मानेन्। बलजफति उनीहरुलाई उद्दारा गर्यौं। गाडीले च्यापेका दुई शव म आफैले निकाले। गाडीको झ्यालबाट कसैले हात हल्लाईरहेको थियो। नजिक पुगेर मैले उसलाई ताने। ति महिलाको काखमा बच्चा समेत थियो। उनीहरु दुवैलाई सकुसल सडकमा निकाल्यौं।त्यत्तिकैमा ५/६ वटा र्याफ्टिङ बोट नदिमा आए।
बगिरहेका यात्रु यात्रुसम्म पुगेर उद्दार गरियो।घटनास्थल र्याफ्टिङका लागि चर्चित भएकाले र्याफटिङ बोट र तालिम प्राप्त उद्दारकर्ताको कमि थिएन। तत्काल उनीहरु उद्दारमा खटिएकाले धेरैको ज्यान जोगाउन सकियो।
(उद्धारकर्ता सोनाम तामाङ्गसँग नागरिक दैनिकका ध्रुब दंगालले गरेको कुराकानीमा आधारित)