कामना डेली,प्युठान। चिसो मौसम मध्यान्हको तातो घामले तताउँदै गर्दा झिमरुक नदि किनार दर्शकले खचाखच भरिँदै थियो। दर्शकमा बेग्लै उत्साह उमंग देखिन्थ्यो। लोकप्रिय ‘डल्ले सरायँ मेला’को आँखै अगाडिबाट नियाल्न आतुर देखिन्थे दर्शकहरु। तरवार नचाउंदै पंचेबाजाको तालमा नाच्दै देखाइने सरायँ प्युठानको प्राचीन र प्रशिद्ध जात्रा हो। खुंदा भाला तरवार ढाल लगायत घरेलु हतियारको प्रयोग गरि युद्धको झल्को दिने गरि सरायँ नाचिन्छ। धानखेती भित्राएर खाली रहेको झिमरुक फांटमासराए नाचको कला देखाउने गरिन्छ।कसै कसैले एकैपटक ३/४ वटा सम्म तरवार नचाउन सक्ने क्षमता देखाउने गर्छन। परम्पपरागत रुपमा खेलिदै आएको सरायँ यो बर्ष पनि बृहत प्रदर्शन गरिएको छ।भाइटिकाको भोलिपल्ट यहाँ सरायँ खेल्ने र हेर्नेको भिड लाग्छ।
पन्चेबाजाको तालमा सयौ युवाहरुले एउटै आवाजमा वाख्वाई वाख्वाई गर्दै हातमा तरवार लिएर एउटै तालमा नाचे भने हजारौ दर्शकलाइ नचाए पनि।सरायँमा महिलाहरुले समेत प्रस्तुती देखाए । महिलाहरुको प्रस्तुती अझ आकर्षक रहयो । वाख्वाई, वाख्वाई गर्दै हातमा तरवार लिएर मैदानमा सरायँ नाच देखाउँदा मोवाइलमा कैद गर्ने दर्शकहरुको घुइँचो देखिन्थ्यो ।
पूण्यखोलाले जित्यो एक लाख
पछिल्लो समय डल्ले सरायँलाइ केही ब्यबस्थित गर्ने प्रयास समेत भएको छ। प्रतियोगिताकै रुपमा सरायँ नाच संचालन गर्न थालिएपछि दर्शकहरुको आकर्षण समेत वर्षेनी बढ्दो छ । जिल्लाको मध्यक्षेत्र प्यूठान नगरपालिका वडा नम्वर ७ मा सरायँ नाँच प्रतियोगिता गरिएको छ । एकलाख रुपैयाँ राशीको पुरस्कार प्यूठान नगरपालिका–७ स्थित पूण्यखोलाले हासिल गरेको छ । द्धितिय थापडाडा, कार्कीडाडा र तृतिय सापडाडाँ समूह भएका छन् । द्धितिय र तृतिय समूहलाइ नगद ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । सहभागी सवै समूहलाइ २०÷२० हजार रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको छ ।प्युठान नगरपालिकाले नाचको व्यवस्थापन गरेको थियो । डल्ले सराय नाचको व्यवस्थापनका लागि नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिका श्रोतले बताएको हो। पछिल्लो बर्ष ड्ल्ले सराएं नाचको प्रबर्द्धनका लागि राम्रो कला प्रदर्शन गर्ने टोलिलाइ पुरुस्कृत गर्न थालिएपछी यस्को चर्चा झनै चुलिएको छ। परम्परागत रुपमा संचालन हुँदै आएको मेलालाइ ब्यबस्थित गर्न तथा जिल्लामा विभिन्न क्षेत्रमा हुने सरायं नाचलाइ हौसला दिन प्रतियोगिता संचालन गरिएको हो।
कहाँ कहाँ बाट आउछन मेला हेर्न?
यसपाली पनि मेलामा दर्शकहरुको उत्साहजनक उपस्थिती रहयो।
युद्धकलासंग सम्वन्धित सराएँ नाच हेर्नका लागि छिमेकी जिल्ला रोल्पा,दाङ,अर्घाखांची गुल्मी लगायतका क्षेत्रबाट समेत स्थानिय आउने गर्छन।मेलामा स्थानिय उत्पादनका व्यापार हुनुका साथै भारतको कृष्णनगर, बहराइन,लखनउबाट समेत व्यापारी आउने गर्छन।यसपर्बमा उनिहरुले विभिन्न किसिमका मिठाइका परिकार बनाएर बेच्ने गर्छन।
सराएं नाच हेर्न र मेलामा किनमेल गर्न, आफन्त भेट्घाट गर्न तिहारबाट घर आएकाहरुले यस्लाइ अबसरका रुपमा लिने गर्छन।जिल्लाकोबिजयनगर,सापडाडां,रम्दी,खैरा,खलङ्गा,सारिबाङ,मरन्ठाना,पुर्ण्यखोला,रजवारा लगायतका स्थानका सराए टोलि डल्लेमा नाचेर रमाइलो गर्छन।आ-आफ्ना पहिचानमा दिदिबहिनीले लगाइदिएका माला लगाएर आएका टोलिहरुमा मौलोमा पहिला पुग्ने प्रतिस्पर्धा समेत हुन्छ।
यस्तो छ किवंदन्ती
प्यूठानमा नाचिने सराय नाचमध्ये डल्लेमा नाचिने नाच जिल्लाकै सबैभन्दा ठूलो हो । डल्ले सरायँ प्यूठानीको पहिचानसँग जोडिएको छ ।बुढापाकाको भनाइमा वाख्खै भनेको उ खै हो । प्युठानको भित्रीकोट राज्यमा ५ सय ६४ बर्ष पहिले जांट बंशिय राजाको राक्षसि स्वभावका बिरुद्ध जनताले तरवार उठाएको घटनासंग यो सराय नाच जोडिएको छ । विभिन्न स्थानबाट तरबार लिएर आएका जनताले राजालाइ मारेको संझनामा सरायँ नाच्न थालिएको किवंदन्ती छ।दानबिय स्वभावका ती राजाले चाहेका बेला बालबालिका चढाउनुपर्ने कारण आक्रान्त बनेका स्थानियले उनकै भारदार र श्रीमतीको योजनामा राजालाई भित्रीकोटबाट लखेट्दै पुण्यखोला स्थित डल्लेमा ल्याएर काटेको किंवदन्ती छ । विभिन्न क्षेत्रबाट तरबार लिएर आएका जनताले राजाको मृत्युवरण गरकेो सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सरायँ निकालिने गरिएको छ । पुर्णयखोलाको टोलि पहिला नपुगे अनिष्ठ हुने मान्यताले अहिलेसम्म पुर्ण्यखोलाले आफ्नो साख जोगाएको स्थानीय बताउछन।