• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

डल्लेमा सराय नाचको रमझम: कस्ले जित्यो एक लाख?


  •   बिहिबार, कार्तिक १४, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान। चिसो मौसम मध्यान्हको तातो घामले तताउँदै गर्दा झिमरुक नदि किनार दर्शकले खचाखच भरिँदै थियो। दर्शकमा बेग्लै उत्साह उमंग देखिन्थ्यो। लोकप्रिय ‘डल्ले सरायँ मेला’को आँखै अगाडिबाट नियाल्न आतुर देखिन्थे दर्शकहरु। तरवार नचाउंदै पंचेबाजाको तालमा नाच्दै देखाइने सरायँ प्युठानको प्राचीन र प्रशिद्ध जात्रा हो। खुंदा भाला तरवार ढाल लगायत घरेलु हतियारको प्रयोग गरि युद्धको झल्को दिने गरि सरायँ नाचिन्छ। धानखेती भित्राएर खाली रहेको झिमरुक फांटमासराए नाचको कला देखाउने गरिन्छ।कसै कसैले एकैपटक ३/४ वटा सम्म तरवार नचाउन सक्ने क्षमता देखाउने गर्छन। परम्पपरागत रुपमा खेलिदै आएको सरायँ यो बर्ष पनि बृहत प्रदर्शन गरिएको छ।भाइटिकाको भोलिपल्ट यहाँ सरायँ खेल्ने र हेर्नेको भिड लाग्छ।पन्चेबाजाको तालमा सयौ युवाहरुले एउटै आवाजमा वाख्वाई वाख्वाई गर्दै हातमा तरवार लिएर एउटै तालमा नाचे भने हजारौ दर्शकलाइ नचाए पनि।सरायँमा महिलाहरुले समेत प्रस्तुती देखाए । महिलाहरुको प्रस्तुती अझ आकर्षक रहयो । वाख्वाई, वाख्वाई गर्दै हातमा तरवार लिएर मैदानमा सरायँ नाच देखाउँदा मोवाइलमा कैद गर्ने दर्शकहरुको घुइँचो देखिन्थ्यो ।

    Advertisement

    पूण्यखोलाले जित्यो एक लाख

    पछिल्लो समय डल्ले सरायँलाइ केही ब्यबस्थित गर्ने प्रयास समेत भएको छ। प्रतियोगिताकै रुपमा सरायँ नाच संचालन गर्न थालिएपछि दर्शकहरुको आकर्षण समेत वर्षेनी बढ्दो छ । जिल्लाको मध्यक्षेत्र प्यूठान नगरपालिका वडा नम्वर ७ मा सरायँ नाँच प्रतियोगिता गरिएको छ । एकलाख रुपैयाँ राशीको पुरस्कार प्यूठान नगरपालिका–७ स्थित पूण्यखोलाले हासिल गरेको छ । द्धितिय थापडाडा, कार्कीडाडा र तृतिय सापडाडाँ समूह भएका छन् । द्धितिय र तृतिय समूहलाइ नगद ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । सहभागी सवै समूहलाइ २०÷२० हजार रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको छ ।प्युठान नगरपालिकाले नाचको व्यवस्थापन गरेको थियो । डल्ले सराय नाचको व्यवस्थापनका लागि नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिका श्रोतले बताएको हो। पछिल्लो बर्ष ड्ल्ले सराएं नाचको प्रबर्द्धनका लागि राम्रो कला प्रदर्शन गर्ने टोलिलाइ पुरुस्कृत गर्न थालिएपछी यस्को चर्चा झनै चुलिएको छ। परम्परागत रुपमा संचालन हुँदै आएको मेलालाइ ब्यबस्थित गर्न तथा जिल्लामा विभिन्न क्षेत्रमा हुने सरायं नाचलाइ हौसला दिन प्रतियोगिता संचालन गरिएको हो।

    कहाँ कहाँ बाट आउछन मेला हेर्न?
    यसपाली पनि मेलामा दर्शकहरुको उत्साहजनक उपस्थिती रहयो।
    युद्धकलासंग सम्वन्धित सराएँ नाच हेर्नका लागि छिमेकी जिल्ला रोल्पा,दाङ,अर्घाखांची गुल्मी लगायतका क्षेत्रबाट समेत स्थानिय आउने गर्छन।मेलामा स्थानिय उत्पादनका व्यापार हुनुका साथै भारतको कृष्णनगर, बहराइन,लखनउबाट समेत व्यापारी आउने गर्छन।यसपर्बमा उनिहरुले विभिन्न किसिमका मिठाइका परिकार बनाएर बेच्ने गर्छन।सराएं नाच हेर्न र मेलामा किनमेल गर्न, आफन्त भेट्घाट गर्न तिहारबाट घर आएकाहरुले यस्लाइ अबसरका रुपमा लिने गर्छन।जिल्लाकोबिजयनगर,सापडाडां,रम्दी,खैरा,खलङ्गा,सारिबाङ,मरन्ठाना,पुर्ण्यखोला,रजवारा लगायतका स्थानका सराए टोलि डल्लेमा नाचेर रमाइलो गर्छन।आ-आफ्ना पहिचानमा दिदिबहिनीले लगाइदिएका माला लगाएर आएका टोलिहरुमा मौलोमा पहिला पुग्ने प्रतिस्पर्धा समेत हुन्छ।

    यस्तो छ किवंदन्ती
    प्यूठानमा नाचिने सराय नाचमध्ये डल्लेमा नाचिने नाच जिल्लाकै सबैभन्दा ठूलो हो । डल्ले सरायँ प्यूठानीको पहिचानसँग जोडिएको छ ।बुढापाकाको भनाइमा वाख्खै भनेको उ खै हो । प्युठानको भित्रीकोट राज्यमा ५ सय ६४ बर्ष पहिले जांट बंशिय राजाको राक्षसि स्वभावका बिरुद्ध जनताले तरवार उठाएको घटनासंग यो सराय नाच जोडिएको छ । विभिन्न स्थानबाट तरबार लिएर आएका जनताले राजालाइ मारेको संझनामा सरायँ नाच्न थालिएको किवंदन्ती छ।दानबिय स्वभावका ती राजाले चाहेका बेला बालबालिका चढाउनुपर्ने कारण आक्रान्त बनेका स्थानियले उनकै भारदार र श्रीमतीको योजनामा राजालाई भित्रीकोटबाट लखेट्दै पुण्यखोला स्थित डल्लेमा ल्याएर काटेको किंवदन्ती छ । विभिन्न क्षेत्रबाट तरबार लिएर आएका जनताले राजाको मृत्युवरण गरकेो सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सरायँ निकालिने गरिएको छ । पुर्णयखोलाको टोलि पहिला नपुगे अनिष्ठ हुने मान्यताले अहिलेसम्म पुर्ण्यखोलाले आफ्नो साख जोगाएको स्थानीय बताउछन।

    बिहिबार, कार्तिक १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...