टु आर क्षेत्रि, प्यूठान। प्यूठानको झिमरुक गाउँपालिका ८ दिहाल्नाको लालिगुरास क्रिकेट रंगशालामा प्रथम मदन भण्डारी मेमोरियल कप खुल्ला टि–२० क्रिकेट प्रतियोगिता सन्चालन हुने भएको छ ।गाउ ठाउमा लुकेर रहेका प्रतिभालाई राष्टिय स्तरसम्म पुर्याउने उदेश्यले मदन भण्डारी स्पोर्ट एकेडेमी ९जेट० नौ बहिनि गाउँपालिका ४ खवाङको आयोजनामा खेल सन्चालन हुन लागेको हो । आयोजकका अनुसार प्रथम पुरस्कार बिस हजार, द्धितिय पुरस्कार दशहजार साथमा प्रमाण पत्र समेत प्रदान गरिने छ । साथै उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्याचअफ द प्लेयरलाई नगद पाँच सय सहित प्रमाणपत्र प्रदान गरिने क्लबका अदक्ष्य लाल बहादुर पुनमगरले जानकारी दिनुभयो ।कार्तिक १९ गते देखि २३ सम्म सन्चालन हुने उक्त खेलमा क्रिकेट खेलाडी, क्लव तथा खेलप्रेमि महानुभावलाई सहभागि हुन आयोजकले आग्रह समेत गरेका छ ।
Advertisement