सागर रिजाल,प्युठान । प्युठानको ऐरावती गाउँपालिका १ माझिदमारका स्थानीय टिकाराम आचार्यलाई भाईको नागरिक्ता बनाउनुपर्ने थियो। त्यसैले भाईलाई साथै लिएर उनि सिफारिस बनाउन वडा कार्यालय अमिली पुगे । कार्यालयको काम सकेर घर फर्कन सकेनन् । बाटोकै बास बस्नुपर्यो। भोलिपल्ट मात्र घर आईपुगे। जंगल छिचोल्दै ६ घण्टा ठाडो उकालो चढेर उनि वडा कार्यालय पुगेका थिए । त्यस्तै, नातिनीको जन्मदर्ता र छोरा बुहारीको विवाह दर्ता गराउन माझीदमारका ६६ वर्षिय अनिराम आचार्य पनि उहीँ दिन घर फर्कन सकिन्न। एक दिनमै काम नसकिएपछि बास बसेको उनले बताईन।’वडा कार्यालय पुग्नै ६ घण्टा खर्चिनुपर्छ ।’ जगलको बाटो हिड्ने हो, डर लाग्छ’ उनले भनिन, ‘हामीलाई त यत्रो सास्ती छ ।’ बाटो हिँड्दै जानेआउने गरे अरुको पनि त्यही हालत हो,’ उनले भनिन । ‘सड्क नहुँदा यस क्षेत्रका स्थानियले निकै सास्ती बेहोर्नुपरेको छ । आफ्नै गाउँपालिका केन्द्र बरौला पुग्न भने एक दिनको यात्रा गर्नुपर्छ । गाउँपालिकाले दिने सेवा–सुविधाबाटै वञ्चित भएको गाउँबासी गुनासो गर्छन् ।
सड्क नहुँदा सकस
पुर्वी दाङ्बाङ्का स्थानियलाई गाउँपालिका केन्द्रमा पुग्न पनि झन्डै एक दिनको पैदल बाटो हिँड्नुपर्छ । यहा अझै सड्कले नछोएका बस्तीहरु छन् । माझीदमार, डाबर, कुनौटे, बेलबोट लगायतका बस्तीहरु अझै पनि सड्क संजालले छुन सकेका छैन्न । यी बस्ती बिकट पहाडी खोचँमा छन।अर्घाखाँची नजिकका यी बस्तीका स्थानियलाई वडाको सेवा लिनका लागि पाँच घण्टा पैदल हिडनुपर्ने बाध्यता छ । सडक नहुँदा स्थानियहरु जंगलको बाटो पैदल हिडेर वडा कार्यालय पुग्ने गर्दछन् । वडा कार्यालयबाट हुने जन्मदर्ता,मृत्युदर्ता, नागरिकता सिफारिस लिनको लागि यस क्षेत्रका स्थानियलाई दुई दिन लाग्छ । सानो कामका लागि पनि वडा कार्यालय पुगेर फर्कंदा पूरै दिन बित्ने गरेको स्थानीयको गुनासो छ ।वडा कार्यालय जाँदा आउँदै दिन बित्ने गरेको स्थानियले दुखेसो पोखे । ‘सानो काम लिएर वडा कार्यालय पुगेर फर्कदा नै दिन बित्ने गर्छ’, आचार्यले भने, ‘हामीलाई वडा कार्यालय अति टाढा हुँदा सास्ती खेप्नु परेको छ ।’ समूह दर्ता गर्न गएकी माझिदमारकि सीता पाण्डेले वडा कार्यालय पुग्न कठिनाइ हुने बताए । यूवाहरु संगै बृद्धबृद्धालाई वडाबाट पाउने सेवा लिन झनै सकस छ ।सड्क नहुँदा यस क्षेत्रका झन्डै सय घरधुरीका स्थानीय प्रभावित छन् ।
जनतालाई ॠणको भार
दशक अघि यहाँका स्थानियले ब्याक्तिगत रकम उठाएर सड्क निर्माण गरे । करिब ३० लाख लागतमा अर्घाखाँची–ऐरावती सड्क खनियो । कुनै सरकारी क्षेत्रबाट रकम आउने आशमा सड्क बन्यो, सहयोग कतैबाट मिलेन। जनता अहिले ऋणमा छन् । गाउँलेले रकम उठाएर खनेको सड्क अर्घाखाँचीसंग नजिक भएपनि वडा कार्यालय जाने सड्क नभएको यहाँका स्थानियको दुखेसो छ । यस क्षेत्रलाई वडा कार्यालय सम्म जोड्ने सड्क निर्माणका लागि करिब ५० लाख रुपिँया लाग्ने ऐरावती –१ का वडासदस्य जीतबहादुर सारुले बताए । वडा कार्यालय देखी दुर्गममा रहेका यी बस्तीका स्थानियहरुलाई सड्क नहुँदा ठूलो समस्या परेको उनले बताए। यस आर्थिक वर्षमा १२ लाख बजेट विनीयोजन गरिएको उनको भनाई छ ।
विद्यार्थीलाई पनि बाधा
ऐरावती –१ डाबरमा ५ कक्षा सम्म मात्र पढाई हुन्छ । सो भन्दा माथिल्लो कक्षामा अध्ययन गर्नका लागि अमिली जानुपर्छ । विहान ६ बजे उठेर यहाँका विद्यार्थीहरु आँखा मिच्दै जंगलको बाटो विद्यालय पुग्छन् । राती ८ बजे विद्यालयबाट फर्कन्छन् उनिहरु । यहाका करिब २ सय जना विद्यार्थीको दैनिकी यसैगरि वितेको छ । विहान ६ बजे उठेर विद्यालय जाने गरेको कक्षा १० मा अध्ययनरत विद्यार्थी द्रोण सुवेदीले बताए। सड्क नहुँदा र गाउँमा पाँच कक्षाभन्दा माथिल्लो कक्षाको विद्यालय नहुँदा जोखीम मोलेर पढनुपरेको उनले सुनाए ।
वडा कार्यालय भन्दा प्रदेश कार्यालय छिटो
यहाँका स्थानियहरु वडा कार्यालय भन्दा ५ नंम्बर प्रदेश कार्यालय वुटवलमा छिटो पुग्छन् । गाउँ नजिकै अर्घाखाँची क्षेत्रबाट नियमित सवारीसाधन आवातजावत हुने हुँदा प्रदेश कार्यालय जान सहज भएको यहाँका स्थानियहरु बताउछन् । धेरै जसो कामकाज बाहिरी जिल्ला अर्घाखाँचीबाट हुने स्थानीयहरु बताउछन् ।‘गाडी चढेर प्रदेश कार्यालय छिटो पुगिन्छ। तर सडक नपुगेकाले वडा र गाउँपालिकाको केन्द्र पुग्न साह्रै समस्या भएको छ’ आचार्यले भने। यस क्षेत्रमा सड्क संगै विद्युत , सञ्चार, सिँचाईको सुबिधा जरुरी रहेको यहाँका स्थानियहरु बताउछन् । समग्र पूर्वी प्युठानलाई तुलना गर्दा विकास निर्माणको सवालमा दाङवाङ भौगोलिक विकटताको कारणले गर्दा पनि पछि परेको ऐरावती गाउपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए । अब यस ठाँउको समग्र विकास निर्माणका लागि गाउँपालिकाका साथै प्रदेश र केन्द्र सरकारसंग अनुरोध गरिने उपाध्यक्ष बस्नेतले बताए।