• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

गाउँपालिकाको सेवा लिन एकदिन,प्रदेश कार्यालय पुग्न एकैछिन


  •   सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित
  • सागर रिजाल,प्युठान । प्युठानको ऐरावती गाउँपालिका १ माझिदमारका स्थानीय टिकाराम आचार्यलाई भाईको नागरिक्ता बनाउनुपर्ने थियो। त्यसैले भाईलाई साथै लिएर उनि सिफारिस बनाउन वडा कार्यालय अमिली पुगे । कार्यालयको काम सकेर घर फर्कन सकेनन् । बाटोकै बास बस्नुपर्यो। भोलिपल्ट मात्र घर आईपुगे। जंगल छिचोल्दै ६ घण्टा ठाडो उकालो चढेर उनि वडा कार्यालय पुगेका थिए । त्यस्तै, नातिनीको जन्मदर्ता र छोरा बुहारीको विवाह दर्ता गराउन माझीदमारका ६६ वर्षिय अनिराम आचार्य पनि उहीँ दिन घर फर्कन सकिन्न। एक दिनमै काम नसकिएपछि बास बसेको उनले बताईन।’वडा कार्यालय पुग्नै ६ घण्टा खर्चिनुपर्छ ।’ जगलको बाटो हिड्ने हो, डर लाग्छ’ उनले भनिन, ‘हामीलाई त यत्रो सास्ती छ ।’ बाटो हिँड्दै जानेआउने गरे अरुको पनि त्यही हालत हो,’ उनले भनिन । ‘सड्क नहुँदा यस क्षेत्रका स्थानियले निकै सास्ती बेहोर्नुपरेको छ । आफ्नै गाउँपालिका केन्द्र बरौला पुग्न भने एक दिनको यात्रा गर्नुपर्छ । गाउँपालिकाले दिने सेवा–सुविधाबाटै वञ्चित भएको गाउँबासी गुनासो गर्छन् ।

    Advertisement

    सड्क नहुँदा सकस
    पुर्वी दाङ्बाङ्का स्थानियलाई गाउँपालिका केन्द्रमा पुग्न पनि झन्डै एक दिनको पैदल बाटो हिँड्नुपर्छ । यहा अझै सड्कले नछोएका बस्तीहरु छन् । माझीदमार, डाबर, कुनौटे, बेलबोट लगायतका बस्तीहरु अझै पनि सड्क संजालले छुन सकेका छैन्न । यी बस्ती बिकट पहाडी खोचँमा छन।अर्घाखाँची नजिकका यी बस्तीका स्थानियलाई वडाको सेवा लिनका लागि पाँच घण्टा पैदल हिडनुपर्ने बाध्यता छ । सडक नहुँदा स्थानियहरु जंगलको बाटो पैदल हिडेर वडा कार्यालय पुग्ने गर्दछन् । वडा कार्यालयबाट हुने जन्मदर्ता,मृत्युदर्ता, नागरिकता सिफारिस लिनको लागि यस क्षेत्रका स्थानियलाई दुई दिन लाग्छ । सानो कामका लागि पनि वडा कार्यालय पुगेर फर्कंदा पूरै दिन बित्ने गरेको स्थानीयको गुनासो छ ।वडा कार्यालय जाँदा आउँदै दिन बित्ने गरेको स्थानियले दुखेसो पोखे । ‘सानो काम लिएर वडा कार्यालय पुगेर फर्कदा नै दिन बित्ने गर्छ’, आचार्यले भने, ‘हामीलाई वडा कार्यालय अति टाढा हुँदा सास्ती खेप्नु परेको छ ।’ समूह दर्ता गर्न गएकी माझिदमारकि सीता पाण्डेले वडा कार्यालय पुग्न कठिनाइ हुने बताए । यूवाहरु संगै बृद्धबृद्धालाई वडाबाट पाउने सेवा लिन झनै सकस छ ।सड्क नहुँदा यस क्षेत्रका झन्डै सय घरधुरीका स्थानीय प्रभावित छन् ।

    जनतालाई ॠणको भार
    दशक अघि यहाँका स्थानियले ब्याक्तिगत रकम उठाएर सड्क निर्माण गरे । करिब ३० लाख लागतमा अर्घाखाँची–ऐरावती सड्क खनियो । कुनै सरकारी क्षेत्रबाट रकम आउने आशमा सड्क बन्यो, सहयोग कतैबाट मिलेन। जनता अहिले ऋणमा छन् । गाउँलेले रकम उठाएर खनेको सड्क अर्घाखाँचीसंग नजिक भएपनि वडा कार्यालय जाने सड्क नभएको यहाँका स्थानियको दुखेसो छ । यस क्षेत्रलाई वडा कार्यालय सम्म जोड्ने सड्क निर्माणका लागि करिब ५० लाख रुपिँया लाग्ने ऐरावती –१ का वडासदस्य जीतबहादुर सारुले बताए । वडा कार्यालय देखी दुर्गममा रहेका यी बस्तीका स्थानियहरुलाई सड्क नहुँदा ठूलो समस्या परेको उनले बताए। यस आर्थिक वर्षमा १२ लाख बजेट विनीयोजन गरिएको उनको भनाई छ ।

    विद्यार्थीलाई पनि बाधा
    ऐरावती –१ डाबरमा ५ कक्षा सम्म मात्र पढाई हुन्छ । सो भन्दा माथिल्लो कक्षामा अध्ययन गर्नका लागि अमिली जानुपर्छ । विहान ६ बजे उठेर यहाँका विद्यार्थीहरु आँखा मिच्दै जंगलको बाटो विद्यालय पुग्छन् । राती ८ बजे विद्यालयबाट फर्कन्छन् उनिहरु । यहाका करिब २ सय जना विद्यार्थीको दैनिकी यसैगरि वितेको छ । विहान ६ बजे उठेर विद्यालय जाने गरेको कक्षा १० मा अध्ययनरत विद्यार्थी द्रोण सुवेदीले बताए। सड्क नहुँदा र गाउँमा पाँच कक्षाभन्दा माथिल्लो कक्षाको विद्यालय नहुँदा जोखीम मोलेर पढनुपरेको उनले सुनाए ।

    वडा कार्यालय भन्दा प्रदेश कार्यालय छिटो
    यहाँका स्थानियहरु वडा कार्यालय भन्दा ५ नंम्बर प्रदेश कार्यालय वुटवलमा छिटो पुग्छन् । गाउँ नजिकै अर्घाखाँची क्षेत्रबाट नियमित सवारीसाधन आवातजावत हुने हुँदा प्रदेश कार्यालय जान सहज भएको यहाँका स्थानियहरु बताउछन् । धेरै जसो कामकाज बाहिरी जिल्ला अर्घाखाँचीबाट हुने स्थानीयहरु बताउछन् ।‘गाडी चढेर प्रदेश कार्यालय छिटो पुगिन्छ। तर सडक नपुगेकाले वडा र गाउँपालिकाको केन्द्र पुग्न साह्रै समस्या भएको छ’ आचार्यले भने। यस क्षेत्रमा सड्क संगै विद्युत , सञ्चार, सिँचाईको सुबिधा जरुरी रहेको यहाँका स्थानियहरु बताउछन् । समग्र पूर्वी प्युठानलाई तुलना गर्दा विकास निर्माणको सवालमा दाङवाङ भौगोलिक विकटताको कारणले गर्दा पनि पछि परेको ऐरावती गाउपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए । अब यस ठाँउको समग्र विकास निर्माणका लागि गाउँपालिकाका साथै प्रदेश र केन्द्र सरकारसंग अनुरोध गरिने उपाध्यक्ष बस्नेतले बताए।

    सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...