• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

सराएंको रमझम:तरवार नचाएर दसैंको बिदाई


  •   आइतबार, असोज २६, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। प्युठानका स्थानीयहरुले एक आपसमा तरवार नचाउँदै दशैँ पर्वलाई विदाई गरेका छन् ।प्युठानको जुम्री, पुण्यखोला,मरन्ठाना, मल्लरानीको चौरपानी, ऐरावतीको जाबुनेकोट, लगायतका स्थानमा पञ्चे वाजाको तालमा तरवार नचाएर वाख्यै खेल्दै  २०७६ को दशैलाई विदाई गरेका हुन्। हिन्दुहरुको महान पर्व वडादसैं एवं तिहारको अबसरमा नाचिने सराय नाच प्युठानको मौलिक नाच हो। तरबार खुडा र हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुसी हुने विश्वास रहेको छ। देवीले महिसासुर र शुम्भको बध गरेको दिन विजया दशमीको दिनदेखि नाचिने यो नाच खुसीयालीमा नाच्न थालिएको बुढापाकाहरुको भनाइ छ। गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र कपिलवस्तुका शक्तिपीठमा दशैँको भोलिपल्टबाट पूर्णिमासम्म सराय नाच्ने प्रचलन छ । खुँडा नचाउँदा रमाइलो हुनुका साथै आफूसँग भएको साहसिक कला प्रदर्शन गर्न सकिन्छ भन्ने धार्मिक मान्यता पनि रहेको छ।

    Advertisement

    यस्तो छ किवंदन्ती
    बुढापाकाको भनाइमा वाख्खै भनेको उ खै हो। प्युठानको भित्रीकोट राज्यमा ५ सय ६४ बर्ष पहिले जांट बंशिय राजाको राक्षसि स्वभावका बिरुद्ध जनताले तरवार उठाएको घटनासंग यो सराए नाच जोडिएको छ। विभिन्न स्थानबाट तरबार लिएर आएका जनताले राजालाइ मारेको संझनामा सरायँ नाच्न थालिएको किवंदन्ती छ।दानबिय स्वभावका ती राजाले चाहेका बेला बालबालिका चढाउनुपर्ने कारण आक्रान्त बनेका स्थानियले उनकै भारदार र श्रीमतीको योजनामा राजालाई भित्रीकोटबाट लखेट्दै पुण्यखोला स्थित डल्लेमा ल्याएर काटेको किंवदन्ती छ । यसैको खुशीयालीबाट बिकास भएको सरायँ मेला बिभिन्न अवसरमा लाग्ने गरेको स्थानीय बुढापाकाहरु बताउछन् । तिहारको भाइटिकाको दोश्रो दिन डल्ले, तेश्रो दिन बाल्मन्दिर चितिखोला, चौथो दिन ढुगेंठाटी, पुण्युमा बहाने र खैरा लगायतका स्थानमा सरायँ नाचहरु नाचिने गर्दछन् । युद्धकलासंग सम्वन्धित सराए खेल्ने र हेर्नेको यहाँ भिड लाग्छ।

    संकटमा सराएं
    बडा दशैँ एवं तिहारका अबसरमा देवीका मन्दिर र शक्तिपीठहरुमा खेलिने ऐतिहासिक सराएं नाच गाउँघरमा लोकप्रिय मानिए पनि हाल पाका पुस्तामा मात्र सिमित हुन पुगेको छ । युवा पुस्ताले अनुसरण गर्न नसक्दा सराय नाच लोप हुने खतरामा परेको हो । प्युठानको पुर्ण्यखोलाका स्थानीय दल बहादुर केसीका अनुसार पुरानो पुस्ताले निकै रोमाञ्चक र सांस्कृतिक ढंगले मनाउने गरेको यो नाचप्रति पछिल्लो पुस्ताको आकर्षण त्यति देखिन्न।युवा पुस्ताले को यस्को सांस्कृतिक महत्वलाई बुझ्न नसक्दा सराए नाच संकटमा पर्दै गएको केसीको विश्लेषण छ। ‘युवा पुस्ताले बिदेशी सस्कृति पच्छाउदा आफ्नै मौलिक सस्कृति ओझेलमा परेको छ।’ उनले भने,’ पुरानो पुस्ताबाट संस्कृती हस्तान्तरण हुन जरुरी छ’।सस्कृती संरक्षणमा सरोकारवालाले चासो नदिएको उनले बताए। बिश्वनिकेतन काठमाडौका प्राध्यापक भरतमणी भण्डारी पनि नया पुस्ताले मौलिक संस्कृती बेवास्ता गर्दै गएको बताउछन।’सस्कृती मानिसको जीवन हो भन्ने युवाले बुझेन्न,उनले भने, ‘नयाँ पुस्तामा सस्कृती चेतको अभाव छ, अहिलेका युवामा सरायको भाखा र शब्दको ज्ञानै छैन,’ सिक्ने र सिकाउने पुराना र नया पुस्ताबिचको समन्वय नहुँदा मौलिक कला संस्कृति हराउंदै गएको उनको ठहर छ । पछिल्लो समय यता लोप हुन थालेको नेवारी सस्कृती बिकास हुँदै गएको सन्दर्भ सुनाउदै उनले मौलिक सराए नाचलाई निरन्तरता दिनुपर्ने बताए। ‘यसलाई सबै मिलेर बचाउनुपर्छ ।’ प्युठानको मरन्ठानाका उनले भने,युवापुस्तालाई बाजागाजा निर्माण देखि बजाउने सम्म तालिम नै दिएर भएपनि सँस्कृति जोगाउनु पर्नेमा उनको जोड छ । समाजशास्त्री भण्डारीको अध्ययनमा राक्षसी प्रवृत्तिमाथि दैवी शक्तिको विजयी भएको उपलक्षयमा यो नाच मनाउन सुरु गरिएको हो।‘

    आइतबार, असोज २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...