नवलपरासी । नवलपरासीमा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा दुर्घटनामा परी चार जना घाइते भएका छन् ।शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा पोखरा मनिपाल कलेजमा शुक्रबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले बताए ।दुर्घटनामा देवचुली–१० बस्ने २७ वर्षीय आशिष खनाल, सोही स्थानका १९ वर्षीय सूचना पाण्डे, देवचुली–१, बस्ने ३० वर्षीय पवन तिवारी र २४ वर्षीया सङ्गीता पोखरेल घाइते भएका छन् ।घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नवलपरासीमा जीप दुर्घटना, १ को मृत्यु ४ जना घाइते
नवलपरासीमा जीप दुर्घटना, १ को मृत्यु ४ जना घाइते
Advertisement
तपाईको प्रतिक्रिया