आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राजकिय भम्रणका लागि नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। बिहीबारको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।परराष्ट्र मन्त्रालयले यश अघि एक प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि २५ असोजमा काठमाडौं आउने जानकारी दिएको छ । भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ । दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...