अपागं युवतीमाथी सार्बजनिक स्थानमै अभद्र ब्यवहार

कामना डेली,प्युठान। दक्षिणि प्युठानमा २० बर्षिया एक अपागं युवती माथी सार्वजनिक स्थान मै अभद्र ब्यबहार भएको छ। जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर ३ हंसपुरमा २१ बर्षीया विर वहादुर दमाईले ती बोल्न नसक्ने लाटी युवति माथी बिना कारण हैरानी दिई अभद्र व्यवहार गरेका हुन।गत एघार असोजमा स्थानिय धारामा पानी लिन गएको अबस्थामा ती अपाङ्ग युवती माथी दमाईले अभद्र व्यवहार गरेको बताईएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको टोलिले अभद्र ब्यबहार गर्ने युवकलाई पक्राउ गरेको हो। उनी माथी सार्वजनिक तथा नैतिकता विरुदको कसुरमा मुद्दा दर्ता गरीएको प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक नरेन्द्र कार्कीले जानकारी दिए। पक्राउ गरिएका युवकलाई हिरासत कक्षमा राखेर थप अनुसनधान कार्य भईरहेको प्रहरीले बताएको छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...