दुर्गा मुर्ति सेलाएर फर्किने क्रममा ट्याक्टर पल्टियो, २२ जना घाईते

कामना डेली,कपिलवस्तु। कपिलवस्तुमा दुर्गा मुर्ती सेलाएर फर्किने क्रममा ट्याक्टर दुर्घट्नामा परेको छ। बुद्दभुमि नगरपालिको इमिलियामा दुर्गा मुर्ती सेलाएर फर्किने क्रममा र्घट्ना हुँदा २२ जना घाइते भएका छन । गेलवार भन्ने स्थानमा लु २ त १६५८ न को ट्याक्टर अनियंत्रित भै पल्टिएको ईलाका प्रहरी गोरुसिंगेले बताएको छ। प्रहरीका अनुसार ट्याक्टरमा ३ दर्जन बढी सवार रहेको र घाइते मध्ये केहिको अवस्था गम्भीर छ । उनीहरुको मर्सि्टिज अस्पतालमा उपचार भैरहेको छ । घाईते ६ जनालार्ई साझा अस्पताल बुटवलमा थप उपचारका लागी रिफर गरिएको छ । सामन्य घाईते रहेका १३ जनाको बुद्धभुमी नगरपालिका– २ स्थित पोलिक्लिनिक गोरुसिङेमा उपचार भैरहेको ट्राफिक प्रहरी कार्यालय गोरुसिङेका प्रहरी निरीक्षक टक्कर बहादुर स्वारले बताए ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...