जुवाको खालमा कोहलपुर प्रहरीको छापा: ८ जना जुवाडे पकाउ

बाकेँ। लुकीछुपी जुवा खेल्दै गरेको अवस्थामा कोहलपुर प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।उनीहरुलाई जुवाखालसहित ९० हजार रूपैयाँभन्दा बढी रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको बताए । चाडपर्वलाई लक्षित गर्दै ईप्रका कोहलपुरले आपराधिक गतिविधि नियन्त्रण गर्नतर्फ लागेको बताएको छ।
लबताए ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...