• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, माघ ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

लोकप्रिय समाचार

  • १. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • २. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ३. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ४. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ५. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • ६. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • ७. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

  • १०. बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

आज महाअष्टमी पर्व, दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै


  •   आइतबार, असोज १९, २०७६ मा प्रकाशित
  • काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आइतबार नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् ।बडादशैँको आठौँ दिन शनिबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाशनिबारा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाशनिबारा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
    “सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन, र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उनले भने । ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको पनि अध्यक्ष गौतमले बताए । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उनले बताए । दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताए । “राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, उनले भने । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसैकारण शनिबारको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो । आजकै दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाशनिबारासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।आज उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाशनिबारा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ ।यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाशनिबारा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।देवीका शस्त्र अस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाइ पूजाशनिबारा गर्ने गर्दछन् । आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

    Advertisement

    आइतबार, असोज १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने

    लोकप्रिय

    • १.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • २.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ३.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ४.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि

    • ५.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ६.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी

    भर्खरै

    • १.
      गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

    • २.
      गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

    • ३.
      बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

    • ४.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    • ५.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • ६.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ७.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ८.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation