सिन्धुलीमा बस दुर्घटना हुंदा ३ को मृत्यु, ५ को अवस्था गम्भीर

काठमाडौं ।सिन्धुलीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा मृत्यु हुनेमा सिरहा इनरुवा ८ का ३५ वर्षीय रामअवतार पण्डित, सप्तरी राजविराज ७ की लक्ष्मी देव र ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय दलबहादुर श्रेष्ठ रहेका सिन्धुली प्रहरीले जनाएको छ। बसमा चालकसहित ३५ जना सवार रहेको प्रहरीको अनुमान छ।दुर्घटनाको कारणबारे जानकारी नभएको प्रहरीले जनाएको छ। तीव्रगतिका कारण बस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...