• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

दशैका यात्रु गाडी नपाएर बिच बाटोमै अलपत्र


  •   शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित
  • राम बहादुर विश्वकर्मा,प्युठान। दशै मनाउन घर जान लागेका यात्रु गाडी नपाएर बाग्दुलामा अलपत्र परेका छन। आउने प्रर्याप्त सवारी साधन नहुँदा उत्तरी प्युठानका विभिन्न गाउँ पुग्ने दर्जनौ यात्रुहरु प्युठानको बागदुला चोकमा अलपत्र परेका हुन् । विशेष गरी विभिन्न स्थानमा रोजगारीमा रहेका तथा वैदेशिक रोजगारीबाट दशै मनाउन घर आएका मात्र हैन, साना बालबालिकादेखि बृद्धाबृद्धासम्म यसरी यात्रुवाहक बसको पर्खाइमा रहेका हुन् ।यात्रुहरुले ३ घण्टासम्म कुरेर बसेपनि गाउँ जाने सवारी साधन नपाउँदा बिचमै बाँस बस्नुपरेको गुनासो गरेका छन् ।उनिहरुले दशैका समयमा गाउँ पुग्ने प्रर्याप्त साधन नपाउनु विडम्बना भएको प्रतिक्रिया दिए। समयमै घर पुग्ने गाडी नपाउंदा जिल्लाको उपल्लो भेग नौबहिनी,गौमुखी र झिमरुक क्षेत्रका यात्रु बढी समस्यामा परेका छ्न।लामो समय भारतको सिमलामा काम गरेर परिवारका साथ दशै मनाउन घर फर्केका प्युठान झिमरुक गाउँपालिकाका ३१ वर्षीय यज्ञ बहादुर थापाले दुई घण्टा भन्दा बढी बस पर्खिएर बस्दा पनि बस पाउन नसकिएको बताउनुभयो । शुक्रवार बेलुका तिर मात्र बाग्दुला आइपुग्नु भएका उहाले घण्टौ बस पर्खिदा पनि बस नआएको गुनासो पोख्नुभयो ।‘परिवारको साथमा दशै मनाउन नपाएको १ वर्ष भईसक्यो’, यसपालीको दशै घरपरिवारसँगै मनाउनका लागि घर फर्किएको हुँ,’ बाग्दुला चोकमा आफ्नो जन्मथलो झिमरुक १ बडाचौर दाद्रा जाने गाडी खोजिरहेका उनले भने । ‘दुई घण्टा बित्यो, गाउँ जाने गाडी नै पाईएन’ ‘अब यतै बाँस बस्ने त होला नि’ उनी भन्छन्। ‘जहिले भन्यो त्यती बेला आउन मालिकले छुट्टि दिदैन्न, ‘दशै मनाउन आएको हुँ’ उन्ले भ’२० दिन बसेर नोकरीमा फर्कने सोचेको छु ।’
    प्युठानको बाग्दुला चोकमा दर्जनौ यात्रुहरू अलपत्र परेका छन् । सिमित सवारी साधन दिउसै भरिएर गइसकेको र अन्य सवारीको व्यवस्थापन नहुदा यात्रुहरू अलपत्र परेका हुन्। उता,स्वर्गद्वारी बस ब्यबसायी समितीका अध्यक्ष सुनिल बस्नेतले भने दशै तिहारमा हुने चापलाई मध्यनजर गरी गाडिहरु स्ट्यान्ड राख्ने ब्यबस्था मिलाएको बताउनुभयो। ‘ ती साधनहरु रिजर्भ मै गएकाले यात्रुलाई यस्तो असुबिधा भएको हुन सक्छ।” बस्नेतले भन्नुभयो,’यात्रुलाई अलपत्र पर्न दिदैनौं’। पछिल्लो तीन दिन यता सवारीसाधनहरुमा यात्रुहरुको चाप अत्याधिक देखिएको छ। बाग्दुला प्रहरी चौकीका प्रमुख मोहन खत्रीका अनुसार अहिले यश क्षेत्रमा साना ठुला गरी दैनिक २ सय बढी सवारी साधन गुडिरहेका छन। चाडपर्व मनाउन घर फर्किएकाहरुको चाप बढेको उहाले सुनाउनुभयो।भारतबाट फर्किरहेका नेपालीहरुको सहायताको लागि प्युठान प्रहरीले विभिन्न स्थानमा हेल्प डेस्कको स्थापना गरेको छ । विगतमा धेरै यात्रुहरु अलपत्र पर्ने गरेको, लुटिने, दुर्ब्यबहार हुने गरेको घटनालाई मध्येनजर गर्दै प्रहरीले हेल्प डेस्कको स्थापना समेत गरेको छ ।

    Advertisement

    शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...