बुटवलमा दुर्घटनामा परी दुई जनाको मृत्यु

रुपन्देही जिल्लाको बुटवलमा आज दुई छट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल–१२ नयाँगाउँमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ३० प २३२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा बुटवल गोलपार्कका गणेश अधिकारीको मृत्यु भएको छ । गम्भीर घाइते अधिकारीको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक हस्टिलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले जानकारी दिएका छन् । यस्तै बुटवल–१० रामनगरमा लु ४४ प ७६५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेको अन्दाजी ५५ वर्षिया पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुल्न नसकेको प्रहरीले बताएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...