बालिका बलात्कारकाे आरोपमा एक जना पक्राउ

रुकुम पश्चिम । एक १४ बर्षिया बालिकालाई बलात्कारको प्रयास गर्ने सानीभेरी गाउँपालिका–१ सोताटोलका एक जना पक्राउ परेका छन। गएकाे भदौ २८ गते बेलुकी अभिभावक नभएको मौका छोपी ती बालिकालाई बलात्कार गर्न खोज्ने स्थानीय ४५ वर्षीय गंगाराम पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो। बलात्कारको प्रयास गरेका पुनलाई असोज १ गते पक्राउ गरेको हाे । जबरजस्ती करणी गर्न प्रयास गरेपछि बालिका भाग्न सफल भएकी थिइन् । पुनविरुद्ध बालिकाका आफन्तले असोज १ गते प्रहरीमा उजुरी दिएका थिए । लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका पुनविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको छ ।उनी माथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको हो।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...