राम बहादुर बिश्वकर्मा, प्युठान ।बुधबार मध्यान्ह माडी नदिले बगाएर बेपत्ता भएका युवकको शब भेटिएको छ। जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ जिमुरपाटाका २८ बर्षिय युवक कार्तिक रावल आज बिहिवार दिउसो सरुमारानी गाउँपालिका दरभान नजिकै राप्ती नदिको किनारमा मृत अवस्थामा फेला परेको प्युठान प्रहरी प्रमुख नरेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। उनी माडी नदिमा माछामार्न गएका बेला खोलामा डुबेर लापत्ता भएका थिए।मृतकको शवपरीक्षणका लागि भिग्री उप स्वास्थ्य चौकिमा पठाइएको उहाँले जानकारी दिनुभयो ।
Advertisement