बुटवल । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर इदको अवसरमा प्रदेश नं ५ मा भोली सोमबार सार्वजनिक बिदा हुने भएको छ । बकरईद भोलि सोमबार परेको छ।बकर इद विदासम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । यद्यपी प्रदेश सरकारको यो निर्णय नयाँ नभएर गत वर्षकै निर्णय हो । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदमा एक दिन,माघी र माघे संक्रान्तिमा दुई दिन,प्रदेश स्थापना दिवस फागुन ३ गते एक दिन, स्थानीय तहको निर्णयबाट एक दिन र निश्चित समुदायले पाउने बिदा जस्तै भुमया पूजा,वडका अटवारी पर्व, रमजान लगायतका बिदा स्विकृत गरेको हो ।
Advertisement