दाङ । दाङमा बिषालु सर्पको टोकाईबाट दुई दिदिबहिनीको मृत्यु भएको छ। जिल्लाको राजपुर गाउँपालिका ७ भौवानामा विषालु सर्पको टोकाइबाट घरमा सुतिरहेका दुई दिदी बहिनीको बिहिबार मृत्यु भएको हो।भौवानाकाका शेरबहादुर सार्कीका दुई छोरीको विषालु सर्पले टोकेपछि उपचारका लागि भारत लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।१३ वर्षीया करिष्मा सार्की र ११ वर्षीया सुजु सार्कीको सर्पको डसाइबाट मृत्यु भएको दाङ प्रहरीले जनाएको छ। उनीहरु स्थानीय शिवशक्ति माध्यमिक विद्यालय भौवानामा कक्षा ७ र ५ मा अध्ययनरत विद्यार्थी समेत रहेको विद्यालयका प्रधानाध्यापक लिलाधर विकले जानकारी दिए।गत वर्षपनि सर्पको टोकाइबाट एक बालिकाको मुत्यु भएको स्थानीयले बताए ।
Advertisement