• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

परपुरूषसँग यौन सम्पर्क राखेकाे आराेप लागेकी रीताकाे ज्यान गयाे


  •   सोमबार, साउन १३, २०७६ मा प्रकाशित
  • बुटवल। दाङमा तीन दिनअघि मृत फेला परेकी एक महिलाको घटना पछाडि थप रहश्य खुल्दै जान थालेको छ ।शुक्रबार बिहान करीब ७ बजेको समयमा घोराही उपमहानगरपालिका–१७ की २७ वर्षीया रीता डाँगीलाई छिमेकी रमिता केसीले आफ्नो श्रीमानसँग शारीरिक सम्पर्क राख्दै आएको आरोप लगाउँदै उनी र उनकी आफन्त श्रीमाती ओली समेतले घरमै आई लछारपछार गरेका थिए ।घरमा भाँडा माझ्न लागेकी रीतालाई जगल्टाउँदै कुटपिट गरेर ढलाएको उनकी सासु श्यामकली डाँगीले देखेकी थिइन् । छुट्टयाउन खोज्दा उनलाई समेत घुच्याइएको थियो ।त्यो देखेपछि रीताका ससुरा पहलबहादुर डाँगी प्रहरी गुहार्न हिँडेको बताइन्छ । प्रहरीसहित उनी फर्केर आउँदा रीता घरदेखि करीब सय मिटरको दूरीमा पर्ने रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।रीताका श्रीमान मोहन डाँगी बैदेशिक रोजगारका लागि कोरियामा रहेका छन् । उनका ४ वर्षीय एक छोरा छन् । रीताका दाजु चन्द्रविक्रम खड्काले बहिनीको कुटपिटसँगै हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा ती दुवै जना महिलाविरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्धा दायर गरेका छन् । आईतबार खड्काले अर्को रहस्य खुलेको बताउँदै मुद्धाले अर्को मोड लिन लागेको बताए ।‘मैले कोरियामा रहेका ज्वाँईसँग बुझ्दा रमिता केसीका श्रीमान फर्शुराम केसीले केही समयअघि मेरी बहिनी रीतालाई बलात्कार गरेको र बहिनीले उक्त कुरा ज्वाँईलाई समेत भनेको खुलेको छ’, दाजु खड्काले भने, ‘अब फर्शुराम केसीविरुद्ध पनि मुद्धा दिने सोचमा छु । ’घटना एक वर्ष अघिको हो । रीतालाई क्यान्सर भएको हुन सक्ने आशंकामा अघिल्लो साउन महिनामा चितवनको भरतपुरमा जचाउँन पठाइयो । छिमेकी मात्र नभई फर्शुराम केसी रीताका माईती तर्फका आफन्त समेत थिए । उनैको साथ लगाएर भरतपुर पठाएका बेला फर्शुराम र रीताबीच अवैध सम्वन्ध रहेको चर्चा चल्न थाल्यो ।स्थानीयका अनुसार उक्त घटनाबारे गत मंसिर महिनामा समेत स्थानीय अगुवाहरु बसेर आफन्तबीचको कुरा भनेर भित्रभित्रै मिलाइएका थिए । कोरियामा रहेका रीताका श्रीमान मदन डाँगी श्रीमतीबाट थप कुरा खोतल्न फकाउँदै र मोवाईल रेकर्डको प्रयोग गर्दै आइरहेका थिए । पछिल्लो चरण रीतालाई सबै कुरा भन, ‘केही फरक पर्दैन भनेर मन चोर्दै रकर्ड गर्दै गर्न थाले । रीताको पालो पर्शुराम र आफु बीचको सबै कुरा बताइन् ।’श्रीमती र आफूबीच भएको करीब १५ मिनेटको अडियो श्रीमान मदनले घर पठाइदिए । असार ८ गते राति उक्त अडियो सुनाउँदै रीताका ससुरा र अर्का एक ब्यक्तिले रीतालाई निकै बरेसम्म केरकार र गाली गलौज गरिरहे । त्यतिले मात्रै नपुगेर उनै फर्शुरामको घरमा पुगेर ‘यी हामीले तिमीहरूको लसपस बारे प्रमाण पायौं, रीतालाई तैले स्यहार’सम्म भनियो । त्यहाँबाट उनीहरू करीब ५ बजेको समयमा प्रहरी कार्यालयमा समेत पुगे ।

    Advertisement

    सोमबार, साउन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation