नयाँदिल्ली । भारतको बिहार र आसाममा बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको छ ।विभिन्न क्षेत्रमा वर्षासँगै आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ ।
१ करोड भन्दा धेरै मानिस बाढी तथा डुबानबाट प्रभावित भएको भारतीय मिडियाले बताएको छ । खासगरी दुई राज्य बिहार र आसाममा बाढीको बढी असर देखिएको हो । पछिल्लो समय मुम्बइमा समेत बाढीका कारण जनजीवन प्रभावित बनेको छ । बिहारमा १ सय ६ जनाको मृत्यु भएको छ भने आसाममा ६८ जनाको ज्यान गयो । यससँगै बाढी प्रभावित मानिसका लागि सुरक्षित ठाउँमा सरकारले क्याम्प खडा गरिरहेको छ ।
Advertisement