काठमाडौं।आज साउनको पहिलो सोमबार देशभरिका शिवालयहरुमा भक्तजनहरुको भिड लागेको छ । श्रावण महिनाभरि बिशेषगरि शिव मन्दिरहरुमा शिव जीको पुजा अर्चना गर्ने, जल चढाउने, व्रत बस्ने लगाएतका कृयाकलाप गरिन्छ । विशेष गरि सोमबार बिहान उठि स्नान गरेर बोलबम अर्थात गंगा जीको जल ल्याएर शिव मन्दिरहरुमा चढाउने र विभिन्न स्थान हरुमा मेला समेत लाग्ने गर्दछ । यसैबीच सुनवलको सोमनाथ , खकरिबारि ,शुभम् मन्दिर , त्रिबेणी धाम, दाउन्नेदेवीको कैलाश मन्दिर, बर्दघाटको शिवालय मन्दिर, जिमरेभारको शिव मन्दिर, राम नगरको बाबा बर्दगोरिया, देवघाट, त्रिबेणी सहित भारतको इटहिया, बाबा धाम, देवघर लगाएत शिवमन्दिरहरुमा बिहानैदेखि भिड लागेको छ। यसैगरि श्रावण महिनामा महिलाहरुले हरियो र पहेलो चुरा लगाउने, हाथमा मेहंदी लगाउने र पहेला रङका बस्त्रहरु लगाउने र पुरुषहरुले दार्ही, कपाल पाल्ने र पहेला बस्त्रहरु धारण गर्ने गरेका छन । बिवाहित महिलाले आफ्ना पतिको दिघार्यु र सुस्वास्थ्यको निम्ति ब्रत बस्ने गर्दछन् भने अबिवाहित महिलाले शुयोग्य बर मिलोस भनेर ब्रत बस्ने गर्दछन् । यो बर्ष साउनमा ४ वटा सोमबार परेको छ ।
आज साउनको पहिलो सोमबार शिवालयहरुमा भक्तजनहरुको भिड
आज साउनको पहिलो सोमबार शिवालयहरुमा भक्तजनहरुको भिड
Advertisement
तपाईको प्रतिक्रिया