अनिल खत्री, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले बृद्धहरुलाई रेडियो सेट र लठ्ठी बितरण गरेको छ । गाउँपालिका भित्रका ७ वटै वडामा रहेका २ सय जना बृद्धहरुलाई रेडियो सेट र लठ्ठी बितरण गरिने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।बृद्ध अबस्थामा एक्लै बसेको बेला मनोरञ्जन र ज्ञानका कुराहरु सुन्नको लागि रेडियो सेट बितरण गरिएको अध्यक्ष पोखरेलले बताए । बृद्धहरु हिड्डुल गर्दा साहाराको लागि रेडियो सेटसँगै लठ्ठी बितरण गरिएको अध्यक्ष पोखरेलको भनाई छ ।गाउँपालिकाले ७५ वर्ष माथीका बृद्धहरुलाई रेडियो सेट र लठ्ठी बितरण गर्ने भएको छ । पहिलो चरणमा बिहिवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष पोखरेल, उपाध्यक्ष शिबबहादुर खत्रीले २८ जना बृद्धालाई रेडियो सेट र लठ्ठी बितरण गरेका थिए ।बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खत्रीले बृद्ध अबस्थामा गाउँपालिका बृद्धहरुको लागि साहरा दिन्छ भन्ने सन्देश स्वरुप रेडियो सेट र लठ्ठी बितरण गरिएको बताए
गाउँपालिकाले दियो बृद्धहरुलाई रेडियो सेट र लठ्ठी
गाउँपालिकाले दियो बृद्धहरुलाई रेडियो सेट र लठ्ठी
Advertisement
तपाईको प्रतिक्रिया