काठमाडाैँ । रुपन्देहीको गैडहवा गाउँपालिकामा गत असार २ गते भएको सामूहिक बलात्कारका मुख्य आरोपी पक्राउ परेका छन् ।गैडहवा गाउपालिका–८ का २२ वर्षीय विष्णु थारु चौधरी घटनाको दुई हप्तापछि रुपन्देहीकै सूर्यपुरा इलाकाबाट गएराति पक्राउ परेको इलाका प्रहरी कार्यालय, लुम्बिनीले जनाएको छ ।चौधरीमाथि जबरजस्ती करणी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । बलात्कार घटनामा संलग्नको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रम गैडहवा गाउँपालिका संयोजक ३० वर्षीय जीवन ज्ञवाली यसअघि नै पक्राउ परेका छन् ।
Advertisement