दाङ ।मंगलबार साँझ परेको चट्याङ्ले दाङमा तीन बालकको मृत्यु भएको छ ।राप्ती ४ स्थित मौरीघाट माबि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तिनै जना बालकको घटना स्थलमै मृत्यु भएको हो ।जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाट निवासी ११ बर्षीय रमीत चौधरी, ११ बर्षकै बिनास चौधरी र १३ बर्षीय साजन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृतककाे शव लमही अस्पतालमा राखिएकाे छ ।
Advertisement