बुटवल ।अत्यधिक गर्मी भएपछी तिलोत्तमा नगरपालिकाले ५ दिनका लागि नगरपालिका भित्रका बिद्यालय बन्द गर्ने निणर्य गरेको छ ।नगर भित्रका बिद्यालयहरुबाट अत्यधिक गर्मी भई पढन पाढक गर्न समस्या भएकोले बन्द गर्ने व्यवस्था मिलाईदिन अनुरोध आएकाले ५ दिनका लागि सामुदायिक तथा सस्थागत बिद्यालय बन्द गर्ने निणर्य गरेको नगरपालिकाले आज बिज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ ।नगरपालिकाका शिक्षा प्रमुख गंगाराम आचार्यद्धारा हस्ताक्षरित बिज्ञप्तिमा यस पटकको बिदा बर्षे बिदाबाट कट्टी गर्न समेत अनुरोध गरीएको छ ।
Advertisement