बुटवल–अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रुपन्देहीका एक जना प्रहरी इन्स्पेक्टरलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालका अनुसार इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुख केशवबहादुर बस्नेतलाई १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । उनले आफ्नै कार्यालयमा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गर्दा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए ।
Advertisement