राम बहादुर बिश्वकर्मा,प्युठान — प्युठानमा बिहिवार दिउसो एक महिलाको शब फेला परेको छ । प्युठान नगरपालिका ७ स्थित टिकुरी बसपार्क नजिकै झिमरुक नदिको किनारमा अन्दाजी ३५/४० बर्षीय महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो । उनलाई बाढीले बगाएर ल्याएको हुनसक्ने प्रहरीले बताएको छ ।मृतक महिलाको पहिचान खुलेको छैन।
Advertisement