कामना डेली,पोखरा। समाजिक अभियान्ता अनिल थापामगरले सामाजिक संजाल मार्फत अभियान चलाएर विभिन्न देशबाट संकलन गरिएको रकम मृगौला र ब्रेन ट्युमरबाट थलिएका पीडितको परिवारलाई आर्थिक सहयोग गरेका छन ।सामाजिक अभियान्ता मगरको अगुवाईमा संकलित १ लाख ५१ हजार ३ सय रकम कल्पनाको परिवारलाई हस्तान्तरण गरिएको हो । सामाजिक सञ्जाल “मगरसंसार फोटो ग्यालेरी पेज” पेज २ वर्ष पुगेको अवसर पारेर १ हप्ताको अवधीमा कल्पना र सुयाना बचाउ अभियान सञ्चालन गरि कुल ३ लाख दुई हजार ६ सय रकम संकलन भएको थियो । विगत केहि वर्षदेखि ब्रेन ट्युमरको उपचार गराईरहेकी तनहुँ भिमादका १४ बर्षिय सुयाना थापामगर र मृगौला पीडित म्याग्दी मालिकाकी १२ बर्षिया कल्पना पुनमगरको परिवारलाई आधा आधा रकम हस्तान्तरण गरिएको थियो ।गत बुधावार कल्पनालाई सहयोग रकम हस्तान्तरण गरिएको अभियान्ताले बताए।त्यस्तै, ब्रेन ट्युमरका कारण ज्यान गुमाएकी सुयाना थापाको परिवारलाई सहयोग प्रदान गरिएको छ। बुधबार तनहु भिमाद ४ नारिकोटका सुहानाका बुवा सुरज थापा मगरलाई १ लाख ५१ हजार ३ सय रुपैया सहयोग हस्तान्तरण गरिएको हो।लोक तथा दोहोरी गायिका सुनिता थापा मगरले पीडितको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेको जानकारी गराईन।अभियान नसकिदै ६ गते सुयानको निधन भएको हो । ग्रीनसिटी हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको हो। ‘दानीलाई हानी हुदैन’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा नेपाल सहित कोरिया,जापान लगायतका देशबाट सहयोग रकम संकलन भएको थियो।दीनदुखि र असहायहरुलाई साथसहयोग गर्न रुचाउने अभियान्ता थापामगर हाल दक्षिया कोरियामा छन् ।
अनिलको अगुवाईमा सुयाना र कल्पनालाई आर्थिक सहयोग
अनिलको अगुवाईमा सुयाना र कल्पनालाई आर्थिक सहयोग
Advertisement
तपाईको प्रतिक्रिया