टेक बहादुर पुन,लमहि । पछिल्लो समय लमही बजारको मुहार फरक छ । कारण हो सरसफाई । विभिन्न शिर्षकमा लमही नगरपालिकाले सरसफाईमा ध्यान दिएकाले पनि बजारको मुहारमा परिबर्तन अाएको हो । लमही नगरपालिकाले मँगलबार पनि बजार सरसफाई गरेको छ । नगरपालिकाका प्रमुख कुल बहादुर केसीको नेतृत्वमा सरसफाई गरिएको हो ।टोल विकास संस्था, नेपाल प्रहरी, शसस्त्र सिमा सुरक्षा बल, रिपुमद्रन गण, यातायात समिति, सामुदायिक वन, देउखुरी मुवायल सँघ लगायत विभिन्न संघसंस्था र नगरवासीको सहयोगमा सरसफाई गरिएको छ ।
“देशकै स्वच्छ र सफा वातावरण नगरको रुपमा चिनाउने अभियानमा छौँ, नगर प्रमुख केसीले भने–बजार र गाउँ क्षेत्रबाट निस्किएको फोहोर र सढेगलेका प्लाष्टिकहरु नियन्त्रण गर्छौ।”
Advertisement