राम बहादुर बिश्वकर्मा,प्युठान /बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले यातायातका साधनमा कार्यरत चालक तथा सहचालकको निशुल्क आँखा परिक्षण गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालय प्युठान देबिस्थानको आयोजना तथा प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल प्यूठानको सहकार्यमा साना तथा ठुला सवारीसाधनका चालकहरुका
लागि शुक्रबार एक दिने आँखा परिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक कृष्ण बहादुर बि क ले सडकमा सवारी साधन चलाउने चालक र सहचालकको आँखामा समस्या आउदाँ दुर्घटनाको ठूलो जोखिम हुने भएकाले नरेन्द्र गायत्री आँखा अस्पताल सङ्ग समन्वय तथा सहकार्यमा सचेतना अभियान संगै स्वास्थ्य जाँच र आँखा जाँच कार्यक्रम गरेको बताए ।
आँखा शिविरमा ९२ जनाको आँखा परिक्षण गरि सबै चालकको आखाको अवस्था सामान्य रहेको र १२ जनालाई औषधि बितरण गरिएको थियो। भने
आँखा परिक्षणमा आएका सबैलाई ट्राफिक चेतना सम्बन्धित अभिमुखिकरण गराईएको बताइएको छ।