• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

२८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु

न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. धुलो टकटकाउँदै फेरि उठ्नेछौं

  • २. लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

  • ३. जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

  • ४. दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली नोट फेला

  • ५. गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी

  • ६. अवैध लागूऔषधसहित पाँच जना पक्राउ

  • ७. संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

  • ८. संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

  • ९. न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

  • १०. सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काफलको भरमा कमलाको जिन्दगी


  •   सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,देउखुरी

    Advertisement

    वैशाखको टन्टलापुर चर्को घाम । खलखली पसिना चुहाउदै ग्राहकलाई काफल बेच्न मै व्यस्त हुन्छिन कमला गुरुङ । उनि बसेको स्थानमा न कुनै ओत लाग्ने छहारी छ न कुनै बोट बिरुवा । छ त् केवल एउटा छाता मात्र,त्यो पनि ग्राहकको भिडभाड भयो भने ओरालेर छेउ लगाउनै पर्छ । वरीपरी काफलले भरिएका छिटुवा देख्दा मनै लोभिने जस्तो । देख्ने जो कोहीको पनि सजिलै ध्यान खिच्ने राताकाला काफल । वैशाखको चर्को घाम नभनी काफल बेच्न उपल्लो दाङ्ग देखि देउखुरी झरेकी छन् घोराही उपमहानगर पालिका १८ ढोरेनी निवासी ५६ बर्षिया कमला गुरुङ । कमलालाई काफल बेच्न भ्याई न भ्याई हुन्छ ्र उनि मात्र हैन उनि संगै श्रीमान् राम बहादुर गुरुङ र एघार बर्षिया नातिनी बर्षा केसी ( छोरीको छोरी ) पनि यति बेला लमहीमा काफल बेच्न व्यस्त छन् । लमहीको कोइलाबास रोड चोकमा कमला काफल बेच्दै गरेकी हुन्छिन भने बजारकै गोल घर अगाडी एघार बर्षिया नातिनी बर्षा । कमलाका श्रीमान् राम बहादुर लमही बजारको गल्लि गल्लिमा काफल आयो काफल आयो भन्दै हिड्ने गर्दछन । हरेक बर्ष काफलको सिजनमा लमहीमा आउने गरेको कमला बताउछिन । दुख गरेर पैसा कमाउन केको लाज श्रम मान्नु पर्यो, सानै बाट दुखमा हुर्किएकी हु जुन सुकै काम पनि सजिलो लाग्छ कमला भन्छिन । घरमा कमाउने छोरा बुहारी भारतमा बस्ने भएकोले आफ्नो जिबिका चलाउन सिजन अनुशारको ब्यापार गर्दै आएका छन् गुरुङ परिवार । रोल्पाको जुरी मसिनाबाट प्रति छिटुवा २५ सय देखि ३५ सय सम्म मूल्य तिरेर ल्याउने र यहां बिस रुपैया चिया गिलासको नापोबाट बेच्ने गरेको कमलाले बताईंन । एक सिजनमा सबै खर्च कटाएर २५ देखि ३० हजार सम्म बचत हुने गरेको उनको भनाई छ । काफल बेचेरै भए पनि घर खर्च राम्रै संग चलेको उनीहरुले बताए । काफल तयार हुनु भन्दा पूर्व गुरुङ दम्पतीले घोराहीमा तरकारी,फलफुल लगायतको ब्यापार गर्ने गरेको बताउछन । गुरुङ दम्पति एघार बर्षिया नातिनीलाई साथमा लिएर जिबन जिउनका लागि संघर्ष गरिरहेका छन् । नुन तेलको बाटो होला भनेर घाम पानि पनि नभनी आएका हौ,त्यहि पनि कति महँगो हो भनेर ग्राहकहरु तर्किने गर्दछन । दाङ्गबाट रोल्पा जानु पर्छ एक हप्ता काफल चाहार्न मै जान्छ, सारै दुख छ तर पनि हरेस खाएका छैनौ राम बहादुर भन्छन । उनीहरुलाई काफल बेच्नमा नातिनी बर्षाले साथ् दिइ रहेकी छन् । बर्षाले घोराहीको लिटिल एन्जल बोर्डिंग स्कुलको कक्षा ८ मा पढ्दै छिन । भर्खर भर्खर स्कुल लागेकोले पढाई खास्सै नहुने भएकोले र पढाई खर्च पनि होला भनेर आएको बर्षा भन्छिन । गुरुङ दम्पतीले हरेक सिजनमा लमही बजारलाई आधार बनाएर काफल बेच्ने गर्दछन । दुख गरे अनुशारको आम्दानी पनि हुने गरेको उनीहरुले बताए ।

    सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    विराटनगरले पायो छैटौं प्रधानमन्त्री
    जागीर छोडेर गाउँमै बाख्रापालनमा सफलता पाएका रविन्द्र
    लुम्बिनी–गण्डकी मुख्यमन्त्रीस्तरीय बैठक : सहकार्यका ९ निर्णय पारित
    लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक : राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय

    लोकप्रिय

    • १.
      धुलो टकटकाउँदै फेरि उठ्नेछौं

    • २.
      लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

    • ३.
      जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

    • ४.
      दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली

    • ५.
      गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५

    • ६.
      अवैध लागूऔषधसहित पाँच जना पक्राउ

    भर्खरै

    • १.
      प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

    • २.
      २८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु

    • ३.
      न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

    • ४.
      जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

    • ५.
      कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

    • ६.
      संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

    • ७.
      लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

    • ८.
      युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...