लोकेश बिएम,प्युठान । नौबहिनि गाउपालिका ८ लुपलुङ्गमा सामुदायीक स्वास्थ्य इकाइको आज उदघाटन् गरीएको छ ।नौबहिनि गाउपालिकाको सहयोगमा सँचालनमा आएको स्वास्थ्य इकाइको उदघाटन नौबहिनी गाउपालिका अध्यक्ष शिब रीजालले गर्नु भएको हो ।स्वास्थ्य इकाइ सँचालनमा आय पछि लुपलुङ्गका करीब ३ सय घरपरिवारले सहज रुपमासेवा पाउने भएका छन् ।यस अघि स्वास्थ्य चौकि फोप्लीमा रहदा लुपलुङ्ग बासीलाइ अपाएक पर्ने भएकाले स्थानियलाइ सामान्य समस्या पर्दा समेत जिल्ला अस्पाताल आउन पर्ने समस्या रहेको थियो । स्वास्थ्य इकाइ सन्चालनमा आय सँगै सामान्य समस्या पर्दा जिल्ला अस्पताल धाउनुपर्ने समस्या हटेको भन्दै स्थानियमा खुसि समेत छाएको छ ।लुपलुङ्ग बासिको स्वास्थ्य समस्या समाधानका लागि उक्त स्वास्थ्य ईकाई स्थापना गरिएको हो।
Advertisement