हेमन्त अधिकारी,प्युठान। प्युठानमा अाज दिऊसो परेको असिनापानीले तरकारी र गहुवालीमा लाखौ रुपैयाँको क्षति पुर्याएको छ । लगातार ३ घण्टा परेको असिनापानीले जिल्लाको माण्डवि गाउँपालिका-४ ऊदयपुरकोटमा किसानले लगाएको वालीनालीमा बढी क्षति पुर्याएको हो । असिनापानीले खेतवारीमा लगाएको गहुबाली, चना ,मसुरो र सागसब्जी सखाप पारेको स्थानिय दोर्ण अधिकारीले बताउनु भएको छ।असिनापानीका कारण थुप्रै पसुचौपाया मरेको हुन सक्ने बताईएको छ।गहु वालि भित्र्याउने अबस्थामा पुगेको र मौसमी तथा वेमौसमी तरकारी, र अन्नवालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तामा परेका छन् । अन्न तथा तरकारी बाली असिनाले तहस नहस पारिदिएपछि गहु वालि कम हुने स्थानीयले बताएका छन् ।क्षतिको विवरण अाउन वाकि रहेको स्थानिय होम वहादुर महराले वताउनु भएको छ।
Advertisement