प्रिया स्मृती गजमेर,दाङ। भोलि मङलबार बिहान आठ बजे लमही जेसिजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। आइतबार साझ तराइका बारा र पर्सा जिल्लामा आएको बिनासकारी हावाहुरीका कारण घाइते भएकाहरुको सहयोगका लागि रक्तदान कार्यक्रमको आयोजना गरेको लमही जेसिजका अध्यक्ष शिव शंकर गुप्ताले जानकारी दिनु भएको छ।हावाहुरी बाट घाइते भएकाहरुमा रगतको अभाब भएको समाचार विभिन्न मिडियाहरुमा आएको सुने पछि मानबिय नाताले हामिले पनि सक्दो सहयोग गर्नु पर्छ भन्ने सोचले लमही जेसिजको बैठक बसेर निर्णय गरेको अध्यक्ष गुप्ताले बताउनु भयो।मङलबार बिहान आठ बजे लमहिको सार्बजनिक बगैचाको शिव मन्दिरमा रक्तदानका लागि उपस्थित भैदिने लमही जेसिजका अध्यक्ष गुप्ताले सबैलाई आग्रह गर्नु भएको छ ।आइतबार साझ हावाहुरी सङै पानीका कारण बारा र पर्सा जिल्लामा अहिले सम्म एक्क्तिस जनाको ज्यान गएको र पाच सय भन्दा बढी घाइते भएको बारा र पर्साका सुरुक्षा अधिकारीले जानकारी दिएका छन।
बारा र पर्साका घाइतेका लागि लमही जेसिजको रक्तदान हुने
बारा र पर्साका घाइतेका लागि लमही जेसिजको रक्तदान हुने
Advertisement
तपाईको प्रतिक्रिया