चितवन : प्रदेश २ को बारा र पर्साका हावाहुरीबाट घाइतेका लागि प्रदेश ३ को चितवनमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। चितवनमा सक्रिया विभिन्न १५ वटा सामाजिक संघ सस्थाले संयुक्त रुपमा भरतपुरको चौबिसकोठीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। दैवी विपत्तिबाट हुने क्षति काम गर्न मानवीयताका नाताले आप्mनो स्थानबाट सहयोग गरेको युथ फर ब्लड चितवनका अध्यक्ष आशिष पौडेलले बताए। सोमबार बिहान ११ बजेदेखि सुरु भएको रक्तदान दिनभर सञ्चालन हुने उनले जानकारी दिए। रक्तदानका लागि सर्वसाधारण जुटेका छन्। कार्यक्रम एमडब्लुआरआर, दारी ग्याङ, वाई एफ बी चितवन, बेटर चितवन, एच एफ एच, एम ए डी, एनवाईएन, विक्यानडु, स्माईल रुम रिलोडेड, द आर्ट अफ लिभिङ चितवनलगायतका सक्रिय सामाजिक संघ सस्थाले संयुक्त आयोजना गरेका हुन्। पौडेलका अनुसार बारा पर्सामा समन्वय भइरहेकाले आवश्यक परे जम्मा भएको ब्लड पठाइने र बाँकी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुमा जम्मा गरिने छ।
हावाहुरीबाट घाइतेका लागि चितवनमा रक्तदान
हावाहुरीबाट घाइतेका लागि चितवनमा रक्तदान
Advertisement
तपाईको प्रतिक्रिया