माधव खनाल,अर्घाखाँची । अर्घाखाँची जिल्लामा प्रहरीले सर्च अभियान सञ्चालन गरेको छ । मालारानी गाउँपालिकाको वडा नं ३ र ५ को सिमानामा द्धन्द्धकालमा लुकाई राखेको हतियार बरामत गरेको छ ।
मालारानी ३ को गँहेलीमा केही दिन अघि दुईवटा सकेट बम भेटीएको थियो । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजर टोलीले डिस्पोज गरेको थियो । शुक्रबार सोही क्षेत्रमा सर्च गर्दा २ वटा भरुवा बन्दुक र दुई वटा टु टु म्यागनम भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।प्रहरीले जिल्लाका संकास्पद क्षेत्रमा सर्च अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नबराज मल्लले जानकारी दिए ।‘हामिले संकास्पद स्थानमा सर्च अभियान सञ्चालन गरेका छौ । जिल्ला भर यो अभियान सञ्चालन हुन्छ । ’अवैध हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आग्रह
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अवैध हातहतियार तथा खरखजना ३५ दिनभित्र नजिकैको प्रहरि चौकी, जिल्ला प्रहरि कार्यालय र नेपाली सेनाको ब्यारेकमा बुझाउन आग्रह गरेको छ ।
कोहि कसैले हातहरियार र खरखजाना राखेको भए चैत्र मसान्त भित्र बुझाउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामीछाने बताउनुभएको पत्रकार नवीन केसिले जानकारी दिनुभएको छ।
अर्घाखाँचीमा प्रहरीको सर्च अभियान हात हतियार बरामत
अर्घाखाँचीमा प्रहरीको सर्च अभियान हात हतियार बरामत
Advertisement
तपाईको प्रतिक्रिया