• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

साहित्यकार एवं लेखक नरेश रानाका उत्कृष्ट केही गजल !


  •   बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
  • १. गजल

    Advertisement

    भोलिको भविष्य देखेर म भयभीत छु ।
    खै ? कुन्नी के हुने हो बहुत चिन्तित छु ।

    डिग्री पासका सर्टिफिकेट खरानी पारेर,
    मुग्लान पसौकी ? खाडी अचम्मित छु ।

    सरकार मेरो न रोजगार छ न घरबार छ,
    म जिन्दगी चलाउने चिन्ताले ग्रसित छु ।

    शान्तिको देशमा `नरेश´ भएर बाँचेपनि,
    हिजो युद्धबाट आज बुद्धबाट पीडित छु ।

    २. -गजल

    न व्यापार छ न सरकारी जागिर छ ।
    अब के गर्ने होला ? मन अस्थिर छ ।

    पढ्न लेख्नमै मेरो आधा जोवन गुम्यो,
    घरमा बाआमाको अवस्था गम्भीर छ ।

    डिग्री पासका सर्टिफिकेट खरानी पारौंकि?
    सरकार जिन्दगीमा यतिसम्मको पीर छ ।

    कहिलेकाही लाग्छ विषै पिएर मरिदिन्छु,
    तर आँखै अगाडि जून जस्ती प्रियाको तस्विर छ ।

    ३. गजल

    शिर पैतलामा राखेर पैतला शिरमा राखेर ।
    के-के गर्छ्यौ भन? जिन्दगी पीरमा राखेर ।

    किन हो कुन्नी ? तिमी रिसाएरै हिड्यौ रे !
    आगोका झिल्काहरु मेरो तस्वीरमा राखेर ।

    हाम्रो प्रेमको फैसला भाग्यले गर्छ भन्छ्यौं,
    उसलाई दिलमा मलाई तक्दिरमा राखेर ।

    हेर प्रिया ! नरेश पनि पीरमा बाँचेको छ,
    छातीलाई जञ्जिरमा मुटु झीरमा राखेर ।

    ४. गजल

    जब चाडपर्व अनि तीज नजिक नजिक आउन थाल्छ ।
    आफूलाई भने साहुको ॠणपनि अधिक लाउन थाल्छ ।

    यतिबेला आफ्नो न सरकारी जागीर छ न त व्यापार,
    श्रीमतीको मन भने गहना पसल पसल धाउन थाल्छ ।

    संगीले लगाएको रातो साडी छड्के तिलहरी देखेपछि,
    उनको ओठले रोदन र आँखाले आँसु बगाउन थाल्छ ।

    मलाई लाग्छ, यी चाडवाड मेलापर्व किन आउँदा हुन्,
    साहुले एकाविहानै आएर ढोका ढकढक्याउन थाल्छ ।

    ५. गजल

    हिजो अस्ति जे-जे लेखियो तिम्रो पक्षमा लेखियो ।
    जसरी पृथ्वी घुमिरहन्छ त्यसको कक्षमा लेखियो ।

    पत्थरमा लेखेथे आधा कोतरिएछ आधा पुछिएछ,
    त्यसैले प्रियाको नाम समुन्द्रको मत्स्येमा लेखियो ।

    जब तिम्रो नामको प्रेमपत्र रगतले लेख्न सुरु गरे,
    तब कागजमा मन लागेन मुटुको मध्येमा लेखियो ।

    जसरी हाम्रो प्यार देखेर चखेवाले माया गर्न सिके,
    त्यसरी नै इतिहास प्रेम प्रणयको विषयमा लेखियो ।

    ६. गजल

    तिम्रो शहर सामु घरटहराहरु मस्तले निदाउँछन् ।
    टन्न अन्नबाली फल्ने गराहरु मस्तले निदाउँछन् ।

    शहरका मानिसले यो कुरा किन सिक्दैन्न होला ?
    शहरमा पनि रातपर्छ चराहरु मस्तले निदाउँछन् ।

    जब मान्छेहरुको भिडमा मान्छे नै बेचिन थाल्छ,
    तब तिम्रो शहरका नखराहरु मस्तले निदाउँछन् ।

    सोकेसमा रबरका गुलाफ फुलाउँछ तिम्रो बजार,
    त्यसैले मधिरा पिएर भमराहरु मस्तले निदाउँछन् ।

    यहाँ जवान,यौवन बेचिन्छ,बेचिन्छ जिन्दगी पनि,
    र त निर्लज्ज भएर अप्सराहरु मस्तले निदाउँछन् ।

    ७. गजल
    हामी सशंकित छौँ पुलिस प्रशासनको नजिकबाट ।
    कसरी सुरक्षित महशुस गरौं आफ्नै नशिवबाट ।

    सरकारले चोकमा सहीदको शालिक उठाउनु थियो,
    उठ्न नदिने षड्यन्त्र बुनियो ढुङ्गा माटो र ईटबाट ।

    वर्षौं वर्षं पहिलेदेखि कर्णाली ज्वरोले थलिदा पनि,
    उपचार कदापि पाउन सकेन डाक्टरको भीडबाट ।

    नागरिक्ता राहदानी र देश बोकेर खाडी पुगेकालाई,

    किन मन बुझ्ला ? सगरमाथा र बुद्धको तस्वीरबाट ।

    हिजो आज आएर मलाई यस्तो भान भईरहेको छ,
    मेरो त माया हरायो गुलाब र मुटुको समीपबाट ।

    नरेश राना, राजनीति शास्त्र विभाग त्रि.वि. काठमाडौ ।

    बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ३.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ४.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ५.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ७.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ८.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation