• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

वसन्त ऋतुमा प्रकृतीको बहारसँगै आयो रङ्गिन चाड होलि


  •   मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
  • सुनिता कँडेल÷तम्घास गुल्मी ।
    होली हिन्दु नेपालिजनको विभिन्न चाडपर्वहरुमध्ये प्रिय र विशिष्ट चाड हो । वसन्त ऋतुमा प्रकृतीको बहारसङ्गै हर्ष उल्लास बोकेर आउने रंगहरुको पर्व होली हामी माझ आईपुगेको छ । होली बालक देखि बृद्धसम्मका सबैको रमाइलो चाड हो । यो दिन आफन्तजन र साथिसङ्गी सङ्ग उत्साह सद्भाव र स्नेहका साथ रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाईने गरिन्छ । रङ्गिन पर्वको रुपमा मनाइने होलीमा पुराना मनमुटाव र दुस्मनी बिर्सि रङमा रङ्गिएर उल्लासपूर्वक एक आपसमा मिलेर रङ्गहरुसँग सद्भावसाट्दै मनाउने गरिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू लगाएर एक अर्कालाई रङ्गिन बनाएर मनाउने प्रचलन रहेको छ ।  होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । पछिल्लो समय यता त युवा युवतीहरू बिभिन्न समुह बनाएर बिभिन्न खालका गीतहरु गाउँदै नाच्दै होली खेल्ने गरेको पाइन्छ । यो दिन साथिसङ्गी मिलेर रमणिय स्थल घुम्न जाने रमाइलो गर्ने पनि चलन छ ।
    यस दिन साना बालबालिकाहरुले निकै नै रमाइलो मान्छन । होलि आउनुभन्दा अघिबाटै बाँसको पिचकिरी बनाएका हुन्छन । बजारमा पाइने पिचकिरी रङ्गहरु र बेलुन किनेर केही दिन अघिबाटै उत्साहीत भएका हुन्छन । पाकापुस्ता अथवा अग्रज वृद्धहरुले आफ्नो पुराना कहानी सुनाउदै पहेलो केशरी र अबिर लगाइदिदै यस दिन आसिक दिने गर्नुहुन्छ । त्यो आशिकको पनि ठूलो महत्व रहेको छ ।
    बयस्कको लागि होलि रङहरु अनि भातृत्व र साहसको पर्व हो । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

    Advertisement

    तर होलीको नाममा यसको महत्व भन्दा माथी उठेर शुद्ध रङ्गहरुको पर्वलाइ मानिसका गलत क्रियाकलापले दुर्ग्न्धित बनाइरहेको उदाहरण हाम्रै समाजमा ब्याप्त छन । रङमा बिभिन्न अन्य प्रयोगबिहिन रङ्गहरुको प्रयोग गर्ने, फोहोर पानीले छ्याप्ने , दुर्ग्न्धित बस्तुले हान्ने , लुकेर अन्डा फ्याक्ने जस्ता केहि गलत क्रियाकलापहरु गाउँ सहरमा देखिन्छन । यसले होलीको उत्सव नभएर केहि तनावहरु र एकआपसमा झैझगडा नित्याएको पनि छ । अझ एउटा गम्भीर पक्ष त होलीका दिन अतिआवश्यक काम परेर बाहिर निस्किएका जो कोहीलाई जवरजस्ती बिभिन्न रङ्गहरु दल्ने गरिेएको पनि पाइन्छ । तर यसो गर्नु गलत हो । यसले मान्छेहरुलाइ घरबाहिर निस्कन समेत समस्या भएको छ । पर्वको नाममा कसैको इच्छा विपरित रंग र लोला हान्नुले यसको महत्वभन्दा पनि बिकृतिलाइ बढावा दिन्छ । यसका सम्बन्धित पक्षले बुझनु जरुरी छ ।

    होली पर्व नेपालमा एकै दिन मनाउनु पर्छ भन्ने आवाजहरु आउने गरेका छन् । तराईमा उल्लास हुँदा होलीको पहाडमा पनि खुशीयाली छाएको हुनुपर्छ , यसले हामी भित्र रहेका पहाडी र तराई बिचको अन्तरसम्बन्धलाई गाढा बनाउछ भन्ने सुन्नमा आउँछ । तर पहाड र तराइमा छुट्टाछुट्टै दिन होलि मनाउनु नराम्रो भने पक्कै होइन ।
    पछिल्ला बर्षहरुमा होली मनाउने क्रममा विभिन्न विकृति बढ्दै गएको पाईन्छ । खासगरी होलीमा अण्डाले हिर्काउने, कालो दल्ने, फोहोर पानी छ्याप्ने, गाडीमा सवारहरुलाई लोला हान्ने लगायतका क्रियाकलापहरु बढ्दै जान थालेका छन् । होलिमा लुकेर जबर्ज्स्ति घरको छतबाट बाटोमा हिड्ने यात्रुलाई लोलाहान्ने, फोहोर पानीले छ्याप्नु एस्ता क्रियाकलापको अन्त्य हुनु जरुरिछ । होली सबैले आफनो रुचीले मनाउनु राम्रो पक्ष हो । होली खेल्दीन भन्नेहरुलाई पनि जवरजस्ती रङ दलेर दुःख दिने प्रवृतिले होली प्रतिको मानविय सोच नकारात्मक बन्दै गएको छ ।
    चाडपर्वले हामी माझ एउटा धार्मिक, साँस्कृतिक महत्व बोकेका हुन्छन् । होली पर्व सद्भाव र भ्रातृत्वको प्रतीक पनि हो, तर हामीले समाजमा यसको मर्म र उदेश्यलाई नबुझ्दा यसको महत्वलाई विकृतिले छोप्न थालेको छ । विकृतिले छोपेको पर्व होलीलाई हामीले सभ्य मर्या्दित र मौलिक तरिकाले मनाउने तर्फ ध्यान दिनुपर्ने देखिन्छ । होलीको नाउंँमा विकृति ल्याउनेहरुलाई सरकारको तर्फबाट कडा कारवाही हुनुपर्ने देखिन्छ । होलीका नाममा देखिने नकरात्मक पक्षलाई सबैले त्याग्नु जरुरी छ । सस्कृतिको संरक्षणमा ध्यान दिएर मर्या्दित रूपमा होलि मनाऔ। होलिको कृपाले भातृत्व र सदाचारमा वृद्धि होस । जीवन रङ्गिन बनोस,हर्ष उल्लास र उमङ्ग छाओस । सबैलाई होलीको शुभकामना ।

    मङ्गलबार, चैत ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation