सागर थापा/सुरज मेघनाथ। सुर्खेतबाट कोहलपुरतर्फ आइरहेको मोटरसाइकल बैजनाथ बाँकेको गाउँपालिकाको १ चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख हिर्दियन रोकायका अनुसार आइतबार दिउँसो लु ४३ प ९८५६ नम्बरको मोटरसाईकल चिसापानीमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परेर सुर्खेतका काशिराम विकको मृत्यू भएको छ भने खगेन्द्र विक घाइते भएको बाँके ट्राफिक प्रमुख रोकायले बताए ।
Advertisement