• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

सुन्दर झिमरुक फाँट कुरुप बन्दै, धमाधम भौतिक संरचना बन्दै


  •   आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान । पर्यटकिय मनोरम दृष्टिले समेत जिल्लाकै नमुना मानिएको झिमरुक फाँटमा धमाधम भौतिक संचरनाहरु बन्ने क्रम नरोकिँदा धानका बालाहरुले लहलह झुल्ने झिमरुक फाँट कंक्रीटमा परिणत हुँदै गएको छ । फितलो सरकारी नीति तथा फाँटमा जग्गा रहेका मोहीकै कारण फाँट बचाउने चिन्ता हराएको जानकारहरु बताउँछन् । कसरी जग्गा बढी दाममा बेचौँ र बाहिरका शहरतिर घर हालौँ भन्ने चिन्ताले बढी प्राथमिकता पाएको उनिहरु बताउँछन् । ‘बाहिरकाले मात्र चिन्ता गरेर के गर्ने ।’ नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष महाविर रानाले भने, ‘फाँटवालाहरुमा नै फाँट बचाउने चिन्ता छैन् र राज्यले नै स्पष्ट भू–उपयोग नीति बनाउन सकेन ।’ फाँटको रक्षाका लागि सरोकारवाला पक्षले स्पष्ट कार्ययोजना बनाउन आवस्यक रहेको रानाले बताए । रानाले भने, ‘कि रोक्न सक्नुपर्दछ होईन भने व्यवस्थित शहरीकरणका लागि आवस्यक आधार तयार पार्नुपर्दछ ।’

    Advertisement

    राज्यको भू–उपयोग नीति स्पष्ट नहुँदा प्यूठान नगरपालिका छेउमै रहेको झिमरुक फाँट मासिँदा सरोकारवालाहरुको मन दुखेको देखिदैन । दिनहुँ कस्ले कति राम्रा र कती अग्ला घर बनाउने तर्फ भने प्रतिस्पर्धा चलेको देखिन्छ । झिमरुक फाँटमा करिब ३ सय ५० हेक्टर क्षेत्रफल जमिन घडेरीको रुपमा परिणत भैसकेको प्यूठान नगरपालिका कृषि विभागका बाली संरक्षण अधिकृत तेजबहादुर विष्टले बताए । ‘झिमरुकको बाढीले समेत खेत कटान गर्दै आएको छ ।’ विष्टले भने, ‘जोगिएका फाँटहरुमा घर बन्ने क्रम बढ्दो छ ।’ फाँट मासिँदा वर्षेनी धान उत्पादन घटिरहेको उनले बताए ।
    झिमरुक फाँटमा दिनानुदिन बस्ती बाक्लीएको छ । पहेँलपुर धान फल्ने खेतहरु घरैघरले भरिएका छन् । खेतमा बनाईएका प्लटिङ्गका चिरा–चिरामा अव्यवस्थित ढंगबाट धमाधम घरहरु बन्दै छन् । अन्नको भण्डार भनेर समेत चिनिने झिमरुक फाँटलाई वर्षेनी झिमरुक नदीले समेत कटान गर्दै आएको छ । क्वाडी, बिजुवार, धर्मावती, खप्रेङखेला, दम्ती, मरण्ठाना, सारीबाङ्ग, विजयनगर, रस्पुरकोट, विजुली, बरौला, पकला, रम्दी र धुवाङका खेतहरु वर्षेनी कटानको चपेटामा पर्दै आएका छन् ।खेतीयोग्य जमिनमा बस्ती विस्तार भएसंगै सिचाई सुविधा सम्पन्न झिमरुक फाँटलाइ कस्ले बचाउने? वातावरणीय प्रभाव मुल्याकंनबिना नै गा्रमिण सडक निर्माण गर्दै जाँदा यसको सिधा असर झिमरुक फाँटमा समेत परेको छ ।फाँट बचाउने नीति नबनेका होईनन् । तर नीति कागजमै सिमित भएको जिल्लाका बुद्धिजिविहरु बताउँछन् । केन्द्र र प्रदेस सरकारसंग नबाझिने गरि भू–उपयोग नीति बनाउनु पर्ने बाध्यता रहेको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । ‘संघ र प्रदेसले कस्तो कानुन बनाउँछन् पर्खाइमा छौँ ।’ नगरप्रमुख कक्षपतिले भने, ‘फाँट बचाउने भूउपयोग नीति छिट्टै बनाउँछौँ ।’ प्यूठान नगरपालिकाको पहिलो परिषद्ले फाँटमा प्लटिङ्ग गर्न रोक लगाउने निर्णय त गरेको छ तर व्यवहारत् कार्यान्वयनमा जटिलताहरु देखिएको छन् । ‘व्यक्तिले आफ्नै ढंगले घरहरु बनाएका छन् ।’ नगरप्रमुख कक्षपतिले भने, ‘न बाटो छ, न बिजुली मनोमानी तवरले घरहरु बनाएका छन् ।’ व्यक्तिको निजी सम्पक्ति माथि रोक लागाउने स्पष्ट कानुनी व्यवस्था नहुँदा अव्यवस्थित बसोवासले तिब्रता पाएको कक्षपतिको बुझाई छ । झिमरुक फाँट बचाउने तर्फ सचेतना आउन जरुरी रहेको उनले औँल्याए । नगरपालिकाले ५ वर्षे आवधिक नगरविकास योजना बनाएर कृषिलाई पहिलो प्राथमिकतामा राखेको समेत नगरप्रमुख कक्षपतिको भनाई छ ।

    आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा
    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • २.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • ३.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ४.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ५.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ६.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ७.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ८.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...