रुकुम । जिल्लाको सिस्ने गाउँपालिका वडा नं २ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर ब्लाङ्केट वितरण गरेको छ ।
Advertisement
वडापालिकाको ज्येष्ठ नागरिक लक्षित बजेटबाट ब्लाङ्केट खरीद गरी वितरण गरिएको हो । वडामा रहेका ८५ जना ज्येष्ठ नागरिकलाई न्यानोका लागी ब्लाङ्केट वितरण गरेको वडाध्यक्ष जीवन केसीले बताए ।
उनले मङ्गलबार, बुधबार र बिहीबार गरी तीन दिनको समयमा वडाका सबै टोलमा पुगी ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको जनाए । सिस्ने गाउँपालिका–२ प्वाङका ६० वर्षभन्दा माथिका २१ दलित ज्येष्ठ नागरिक र ७० वर्षभन्दा माथिका ६४ जना अन्य ज्येष्ठ नागरिक गरी जम्मा ८५ जना ज्येष्ठ नागरिकले ब्लाङ्केट प्राप्त गरेका वडा कार्यालयले जनाएको छ ।