• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

दाङमै क्यान्सर उपचार सुरु

नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

लोकप्रिय समाचार

  • १. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • २. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ३. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ४. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ५. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ८. दाङमै क्यान्सर उपचार सुरु

  • ९. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

  • १०. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

कपिलवस्तुको साँसदले पठाए स्वास्थ्य मन्त्रीलाई सरुवाको सुची


  •   बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
  • कपिलवस्तु – ५ नम्बर प्रदेश सांसद सहसराम यादवले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कर्मचारी सरुवाको लिष्ट पठाएको खुलेको छ । स्वास्थ्य क्षेत्रका केही कर्मचारीले पार्टीको घोर विरोध गरेको र केही आफ्ना कर्मचारीलाई अपायकबाट पायक ठाउँमा ल्याउन भन्दै सांसद यादवले एक महिनाअघि २५ जना कर्मचारी सरुवाको लिष्ट तयार पारेका थिए । उक्त लिष्ट सहितको सिफारिश पत्र फेला पारेको छ । संघीय समाजवादी फोरम केन्द्रीय सदस्य तथा प्रदेश सांसद सहसराम यादवले पार्टीको विरोधी र सर्मथित स्वास्थ्य मातहतका कर्मचारीको सरुवा गर्न पार्टी अध्यक्ष तथा मन्त्री उपेन्द्र यादवलाई विवरणसहित पत्र पठाएका हुन् । प्रदेश सांसदकै लेटर प्याडमा यादवले कुन तहको, कहाँ भएको र कहाँ पठाउने सबै खुलाएर पत्रमा हस्ताक्षर गरि सोमबार स्वास्थ्य मन्त्रीका स्वकीय सचिवलाई इमेलसुच पठाएका थिए । यद्यपि सरुवा लिष्टको पत्रमा चलानी नम्बर र मिति भने उल्लेख गरिएको छैन । संघीय समाजवादी फोरमको घोर विरोधी भएको भन्दै तौलिहवा जिल्ला अस्पतालका मेसु डा.किशोर बन्जाडे, बुद्धभूमि–१० धनकौली स्वास्थ्य चौकी इन्चार्ज सिद्र्धाथकाजी बज्राचार्यलाई अति र्दुगममा सरुवा गर्न माग गरिएको छ । यसैगरी पार्टी निकटका दुर्गम तथा अपायक परेकाहरुलाई माग अनुसारका स्थान तोकेर विशेष प्राथमिकता भन्दै सरुवा गर्न सिफारिश गरिएको छ । पाल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची मात्र नभई इलामदेखि दाङ वा रुपन्देही सरुवा गर्न भन्दै कर्मचारी संकेत नम्बरसहित स्वास्थ्यमन्त्री यादवलाई सांसद सहसरामले पत्र पठाएका छन् । अर्घाखाँचीमा कार्यरत अवधेश गुप्ता र सुखदेव नाउँको कपिलवस्तु, नुवाकोटमा कार्यरत बसन्त अधिकारीको काठमाडौं, पाल्पामा कार्यरत अनमी दिपा थापा रुपन्देही, एचए बेगपाल कुर्मी र सरिता गुप्ता कपिलवस्तु तथा वृजेश यादव नवलपरासी सरुवा भइसकेका छन् । तनहुँ जनस्वास्थ्य शाखा अधिकृत अनिरुद्र श्रीवास्तवको सरुवा भइसके पनि हाल सरुवा बदर गरि त्यहीँ खटाइएको छ । राजनीति नगर्दा लिष्टमा परे पार्टीको घोर विरोधी भन्दै दुर्गममा सरुवा गर्न सिफारिशमा परेका तौलिहवा अस्पतालका डा.किशोर बन्जाडे मन्त्रालयले जता सरुवा गर्छ, त्यतै जाने बताउँछन् । ‘मैले अस्पतालको स्तरोन्नती गरे, गुणस्तरीय सेवा दिए, तर राजनीति गरिँन, त्यसैले लिष्टमा परे ।’ स्वास्थ्य सेवा विभागले सरुवा गर्ने बताउँदै राजनीतिक हस्तक्षेपमा हुने यस्ता क्रियाकलापले काम गर्ने हतोत्साहित हुने र राजनीति गर्ने स्वास्थ्यकर्मी गैरजिम्मेवार बन्दै जाने डा.बन्जाडेको भनाई छ ।
    कपिलवस्तु प्रतिनिधिसभा १ (ख) बाट प्रदेशसभा निर्वाचित यादव संघीय समाजवादी फोरमको प्रदेश नं. ५ का संसदीय दलका नेता समेत हुन् । सांसद यादवले प्रदेश ५ बाहिरका कर्मचारीहरुको समेत सरुवा गर्न सिफारिश गर्नुले कर्मचारी सरुवामा आर्थिक लेनदेनको आशंका समेत उब्ज्याएको छ । सांसद यादवसँग यस विषयमा प्रतिक्रिया माग्दा नेता भएपछि सिफारिस पठाउने नियमित प्रक्रियानै भएको प्रतिक्रिया उनले दिए ।

    Advertisement

    बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • २.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ३.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • ४.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

    • २.
      दाङमै क्यान्सर उपचार सुरु

    • ३.
      नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    • ४.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • ५.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ६.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ७.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ८.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...