सुरज भट्टराई/मङ्सिर ११ /देवदह / रुपन्देहिको देवदहमा देवदहकै पहिलो उपन्यासकार अस्मित रेग्मिको उपन्यास “आरोह ” विमोचन हुने भएको छ ।
Advertisement

उनले यसै उपन्यास सित नेपाली साहित्यमा आफ्नो डेब्यु गरेका हुन ।उपन्यासकार अस्मित भन्छन भगवानलाई बालकहरु किन आस्तिक र नास्तिक रुपमा बुझ्छन भन्ने बारे उपन्यासमा समेटिएका छन ।
युगिन साहित्य समाज नेपालको आयोजना तथा सगरमाथा आवसीय म.बि को बिशेष सहयोगमा यहि आउदो बिहीबार १३ गते विमोचन हुने उपन्यास अपाङ्ग समाज सेवा हल, शित्तलनगरको शभाहलमा दिउँसो ठिक ०१ः० बजेदेखी शुरु हुने आयोजक संस्थाका अध्यक्ष कवि यज्ञ न्यौपाने दिपकले जानकारी दिनु भयो ।